बाग्लुङ २७ असोज ,२०७७
बाग्लुङ बडिगाड गाउँ पालिका बडा न. ९ र १० मा मध्यम तथा कडा शिघ्र कुपोषण ब्यबस्थापनको लागि पोषण अभियान कार्यक्रम सप्पन्न भएको छ।
कुनै पनि देशको स्वास्थ्य तथा पोषण अबस्था उक्त देशको समृद्धिसंग जोडिएको हुन्छ। हाल नेपालमा महिला तथा बालबालिकामा प्रोटिन तथा क्यालोरी कुपोषण र केही सूक्ष्म पोषक तत्त्वहरूको कमिका कारणले हुने शिघ्र तथा दिर्घ कुपोषण घटाउन चुनौतीको रुपमा रहेको छ।
नेपालको पछिल्लो तथ्यांकअनुसार अझै पनि धेरै बालबालिका शिघ्र कुपोषणबाट ग्रसित छ्न । पछिल्लो समयमा बिश्वमा फैलिरहेको कोरोनाले आपतकालीन अबस्था निम्ताइरहेको हुँदा बालबालिकाहरु शिघ्र कुपोषणमा जान सक्ने हुनाले पनि हामिले यस कार्यक्रमलाई प्राथमिकरण गरेको छ।
कुपोषणबाट ग्रसित बालबालिकाको ब्यबस्थापनका लागि शिघ्र कुपोषणको प्रारम्भिक अबस्थामा जान नदिइ मध्यम अबस्था हुँदै सामान्य अबस्थामा नै ब्यबस्थापन गर्ने हेतुले यो कार्यक्रम साबिक दर्लिङ गाबिस (हाल बडिगाड गाउँपालिका वडा न ९ र १० मा) महत्त्वपूर्ण रुपमा स्थापित अवधारणा हो। अझ बिशेष त हामिले हाम्रो सेवा प्रदायक स्थानका बालबालिकाहरु ” स्वस्थ र पोषण युक्त खाना खाइ स्वास्थ भइ हुर्केको सुनिश्चित गर्न हामी बिगत ढेड बर्षदेखि नै हरेक आर्थिक बर्ष ६/६ महिनाको अन्तरालमा दर्लिङ स्वास्थ्य चौकिको सेवा प्रदाएक समुदायमा शिघ्र कुपोषण नहोस भन्नका निमित्त कुपोषण ब्यबस्थापनका लागि समुदायमा आधारित ६- ५९ महिना सम्मका ५२४ बालबालिकाहरुको पोषण तथा शारीरिक स्वास्थ्य अबस्थाको सर्बेक्षणमा जुटिरहेका दर्लिङ स्वास्थ्य प्रमुख डिल बहादुर केसीले बताउनुभयो।
उक्त कार्यक्रमको सर्बेक्षण पाँच बर्ष रहने हुँदा समुदायले प्रत्यक्ष रुपमा फाइदा लिने र यसको प्रगती र प्रभावकारी पनि उतिकै देखिने केसीले बताए । सुरुवातमा भएको कार्यक्रम लगातार ९ दिनसम्म दर्लिङ गाबिसको साबिकका वडाहरुमा ९ वटै केन्द्रमा केन्द्रीकृत भै संचालित रहेको थियो।
कार्यक्रम ९ वटा केन्द्रमा ९ दिनमा ५२४ जना बालबालिकाको पोषण तथा स्वास्थ्य सर्बेक्षण गरिएकोमा ७ जना बालबालिकाहरुमा मध्यम शिघ्र कुपोषित भेटिएका थिए ती मध्यम शिघ्र कुपोषित बालबालिकाहरुका आमालाइ पोषण स्वास्थ्य शिक्षा प्रदान गरि सप्पन्न भएको केसीले बताउनुभयो।
कोरोना महामारीको कारण समयमा हुन सकेको छैन। आगामी दिनमा हुने कार्यक्रमहरु समयमै संचालित हुने र सबैलाई समेटेर अगाडी बढाउने केसीले बताउनु भएको छ।