डडेल्धुरा , २० श्रावण २०७७
जनस्तरबाट चन्दा उठाएर शूरुवात गरेको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला शुरु भएको आज एक महिना पूरा भएको छ। सुदुरपश्चिम प्रदेशमा ७ ओटा जिल्लाका नमुना संकलन हरु आउने गरेका छन्।
एक महिनाको अवधिमा ३ हजार ९३ नमुनाहरु संकलन गरिएकोमा १९९ जनाको नतिजा पोजेटिभ र २ हजार ८९४ जनाको नतिजा नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाका इन्चार्ज इश्वरी प्रसाद भुसालले जानकारी दिनुभयो।