Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाइयो

Nam Raj Bhatta by Nam Raj Bhatta
July 15, 2025
in News
Reading Time: 1 min read
A A
0
Dadeldhura Hospital

Dadeldhura Hospital

589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डडेल्धुरा, ३१ असार २०८२

स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र सङ्घीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ ।

बिमा बोर्डले प्रथम सेवा विन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएको छ ।

स्वास्थ्य बिमाले यस डडेल्धुरा अस्पताललाई प्रेषण केन्द्रको रूपमा मात्र सूचीकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा विन्दुको रूपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.  नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ ।

सूचनाअनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधैँ गएर बिमाको सेवा लिन नमिल्ने भएको छ । सेवा लिन चाहने बिमितहरूले स्थानीय तहका सूचीकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ ।

डडेल्धुरामा केवल परशुराम नगरपालिकाको जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ । जसका कारण उक्त क्षेत्रका केही सीमित सेवाग्राहीले मात्र बिमा सुविधा पाउने भएका छन् । बाँकी ६ वटा स्थानीय तहका बिमितहरूले डडेल्धुरा अस्पतालको बिमा सेवा उपयोग गर्न पाउने छैनन् ।

स्वास्थ्य बिमा कार्यालय डडेल्धुराले माथिबाट आएको निर्देशन स्पष्ट नभएकाले हाल प्रदेश सरकारसँग छलफल भइरहेको जनाएको छ । दर्ता अधिकारी दीपकबहादुर धामीले भने, “यस विषयमा प्रदेशसँग छलफल भइरहेको छ ।” धामीका अनुसार डडेल्धुराका ३२ हजार नौ सय ८४ जना स्वास्थ्य बिमामा आवद्ध छन् ।

प्रदेश शाखा संयोजक जनकबहादुर साउदले भने “प्रत्येक स्थानीय तहमा निर्माण हुने भनिएका अस्पतालबाट रेफर भएर आएका बिरामीले मात्र बिमा सेवा पाउने गरी नियमावली संशोधन गरिएको हो । तर हाल डडेल्धुरामा जोगबुढा बाहेक अन्य कुनै पनि अस्पताल प्रथम सेवा विन्दुका रूपमा तोकिएको छैन । त्यसैले अकस्मिक बाहेक अन्य बिमितले सेवा पाउने छैनन् ।”

यस निर्णयले अस्पतालमा उपचार गराउँदै आएका सुदूर पहाडका हजारौँ बिमित नागरिक अन्योलमा परेका छन् । विशेष गरी दुर्गम गाउँबाट आउने बिरामीलाई अब नजिकको अस्पतालमा जान, त्यहाँबाट रेफरल सिफारिस ल्याउन र फेरि डडेल्धुरा आउनुपर्ने बाध्यता आइलाग्ने छ।FB IMG 1752567016774

Tags: Dadeldhura hospitalHealth insurance
SummarizeShare236ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.