डडेल्धुरा, ३ जेठ २०७८
देशभर कोभिड १९ संक्रमणको भयावह अवस्थामा डडेल्धुरा अस्पतालले आपतकालीन उपचार तथा उद्धार कोषको सञ्चालन गरेको छ।
कोभिड १९ का विरामीहरुको अत्यधिक चाप सँगै उपचारार्थ, आर्थिक,भैतिक तथा अन्य स्रोत साधनको अत्यधिक खर्च भइरहेकोले उक्त कोषको स्थापना गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो।
उक्त कोष संचालन गरेकोले सो कार्यको लागि सहयोग गर्न इच्छुक दाताहरुले डडेल्धुरा स्थित सिदार्थ बैंकमा रहेको खाता न. ०३११७५१४७४१ डडेल्धुरा अस्पताल आपतकालीन कोषमा जम्मा गरी सहयोगको अपिल गरेका छन्।
Comments 1