डडेल्धुरा १०, जेठ
डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालमा जेठ ६ गते स्क्रब टाइफसको उपचार गराउन आएका युवक घर फर्किएका थिए ।
बिरामीको कोरोनाको आशंकामा पिसिआर परिक्षणको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । त्यस लगत्तै दुई दिनमा रिपोर्टमा पोजेटिभ देखियो। स्वाब संकलनमा खटिएका चार चिकित्सक र अन्य स्टाफहरू गरी १० जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।
ओझाका अनुसार अहिले सन्क्रमित ब्यक्तिलाई अस्पतालको आइसोलेशनमा राखिएको छ र उहाँको अवस्था समान्य रहेको छ। ती संक्रमीत ब्यक्तिलाई कोरोना सम्बन्धि केही लक्षण पनि महसुस नभएको बताएका छ्न। सन्क्रमित ब्याक्तीले आफू राम्रो छ म सजिलोसँग यो कोरोनलाई जित्ने प्रतिक्रिया दिएका छ्न।
ती १० जनाको स्वाबको परिक्षण केही दिन पछि मात्रै आउने छ।