आज मिति : २०८२ जेष्ठ २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोभिड वार्डमा १६ घण्टा खटिएका एक स्वास्थ्यकर्मीको पिडा

Nam Raj Bhatta by Nam Raj Bhatta
April 28, 2021
in News
A A
1
Dr.Binod Pyakurel Nepalganj Medical College

Dr.Binod Pyakurel Nepalganj Medical College

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपालगन्ज, १५ वैशाख २०७८

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ ।

उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् ।

डा. प्याकुरेलको हातमात्रै होइन फेस सिल्डका कारण अनुहार अगाडिको भाग र पीपीईका कारण शरीरका अन्य भागमा समेत यस्तो असर देखिएको छ ।

लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । मंगलबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका उनी काम गर्दा गर्दै आफू कतिखेर संक्रमित भएँ भन्ने कुरा अनुमान गर्न सक्दैनन् । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालले सात/सात दिनको पालो लगाएर चिकित्सकलाई संक्रमितको उपचारमा खटाउने गरेको छ । डा. प्याकुरेल कोभिड आइसोलेसन वार्डमा खटिँदा पाँच जनामात्रै संक्रमित उपचाररत थिए । तर तीन/चार दिनमै संक्रमितले सबै कोभिड वार्ड भरिएपछि भने उपचारमा कठिन बन्दै गएको उनी सम्झन्छन् ।

received 1180961508999242

‘अस्पतालमा बिरामीको चाप बढ्दै गयो । आईसीयू र भेन्टिलेटरबाहेक आइसोलेसन बेडमा बसेका अधिकांश बिरामीलाई पनि अक्सिजन दिनुपर्थ्यो,’ उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीले कोभिड वार्ड भरिएपछि जनशक्तिले पनि थेग्न सकेन । ग्लोब्स, पीपीई, फेससिल्ड लगाएर घण्टौंसम्म विरामीको उपचारमा खटिनु पर्ने अवस्था आयो ।’

बेडमा छट्पटाइरहेका विरामीको चित्कार र पीडामा मलम लगाउन यताउता दौडँदा दौडँदै समय बितेको पत्तो नभएको डा. प्याकुरेल बताउँछन् ।

आफू आइसोलेनमा हुँदा पनि उनको मन भने अस्पतालका बिरामीतिरै छ । सास फेर्न गाह्रो भयो भन्दै बेडमा बिरामी छट्पटाउँदा लाचार भएर हेरिरहनुपरेको तस्तो सम्झनाले अहिले पनि उनलाई पिरोल्छ ।

‘अस्पताल आइपुगेका बिरामीलाई बचाउन चिकित्सकले हरसम्भव प्रयास गर्छ,’ उनी भन्छन्, ‘प्रयास गर्दा गर्दै पनि आफ्नै आँखा अगाडि भर्खरका युवाहरुले मृत्युवरण गर्दा भने साह्रै पीडा हुने रहेछ ।’

एकसातामा आफू उपचारमा खटिएकै बेला सात जनालाई बचाउन नसकेकामा उनी दुखी छन् । ज्यान गुमाउने तिनीहरु अधिकांश युवा नै थिए ।

एक जना २८ वर्षीय युवकलाई सास फेर्न गाह्रो भएपछि साँझपख अस्पताल ल्याइएको थियो । तत्काल आईसीयूमा राखेर उपचार गराउनुपर्ने अवस्था थियो । तर आईसीयू र भेन्टिलेटर उनीजस्तै गम्भीर बिरामीले भरिएको थियो ।

त्यसैले उनलाई आइसोलेसन वार्डमा राखेर अक्सिजन दिइयो । भोलिपल्ट बिहान एकजना बिरामीलाई आईसीयूबाट निकालेर उनलाई त्यहाँ सारियो । तर उनको स्वास्थ्यमा सुधार आउन सकेन । ‘एक्कासी उनी सास फेर्न गाह्रो भयो भन्दै छटपटाए,’ उनले स्मरण गरे, ‘अन्ततः उनलाई कोरोनाले यो संसारबाट सधैंका लागि लिएर गयो । हामी निरीह भयौं ।’

ती युवकको अनुहार अहिले पनि डा. प्याकुरेलको आँखामा झलझली आउँछ । ‘सुरुमै आईसीयूमा राखेर उपचार गराउन सकेको भए उनी बाँच्थे कि ?’ उनी अनुमान गर्छन् ।

Dr.Binod pyakurel
Dr.Binod Pyakurel

यस्ता उदाहरण उनीसँग अरु पनि छ । सास फेर्न नसकेर छट्पटाइरहेका एकजना बिरामीलाई आइसोलेसन वार्डबाट सारेर भेन्टिलेटरसम्म प्याकुरेलले नै पुर्‍याए । पछि ती बिरामीको पनि मृत्यु भयो । ‘आँखै अगाडि बोल्दै गरेका बिरामी मर्दा निकै पीडा हुँदो रहेछ’ उनी भन्छन् ।

उपचाररत संक्रमितको मृत्यु हुँदा अन्य बिरामीमा पनि त्रास देखिने डा. प्याकुरेल बताउँछन् । ‘संक्रमितको मृत्यु हुँदा अरु बिरामीले ओढ्नेले अनुहार छोपेर बसेको देखेर साह्रै पीडा हुन्छ,’ उनी भन्छन्, ‘सायद बिरामीहरुमा मर्ने पालो मेरो हो कि भन्ने मनोवैज्ञानिक त्रास जस्तो देखिन्छ ।’

‘बेडमा कोही छटपटाइरहेका हुन्छन् । कोही कराइरहेका हुन्छन् । सास फेर्न गाह्रो भयो भनेर हामीलाई बोलाइरहेका हुन्छन्,’ डा. प्याकुरेल स्मरण गर्छन्, ‘थोरैलाई बचाउन नसकिए पनि धेरैको जीवन बचाएर घर फर्काउन पाउनुलाई नै आत्मसन्तुष्टि ठान्दछौं ।’

उच्च मनोबलका साथ होम आइसोलेसनमा बसेका उनी छिट्टै संक्रमणमुक्त भएर उपचारमा खटिने बताउँछन् । कोरोना केही होइन भन्ने सोच त्याग्न उनी सबैसँग अपील गर्छन् ।

एकसातामा आफ्नै आँखाको अगाडि कोरोनाले सात जनाले ज्यान गुमाउनु परेको दृश्य मानसपटलमा अझै ताजै रहेको भन्दै उनले अनुशासित भएर स्वास्थ्य मापदण्ड पालन गर्न सबैसँग आग्रह पनि गरेका छन्।
(अनलाईन खबरबाट)

Tags: Corona Virus #Covid19Dr.Binod PyakurelNepalganj Medical college
Nisarga hospital Dhangadhi
Previous Post

नेपालगन्ज मेडिकल कलेजले कोहलपुरमा कोरोना डेडिकेटेड सेवा सुरु गर्दै

Next Post

पिसिआर गर्ने प्रयोगशालालाई शुल्क बढी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

1 day ago
781
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

2 days ago
817
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

3 days ago
817
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

4 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

4 days ago
870
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

4 days ago
800
Next Post
Ministry of Health and Population Nepal

पिसिआर गर्ने प्रयोगशालालाई शुल्क बढी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Comments 1

  1. Pingback: स्वास्थ्यकर्मी माथि गरिएको आक्रमण प्रति डेन्टल एसोसिएसनको घोर भत्सना • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...