डडेल्धुरा , २० कार्तिक २०७७
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । आफु बुधबार पूर्णरूपमा स्वास्थ्यलाभ सहित काेराेना संक्रमणमुक्त भएको अध्यक्ष ओझाले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । उनकाे १४ दिनपछि हिजो बुधबार परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ आएकाे हाे । कात्तिक ६ गते उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ‘लक्षण नभएका बिरामीका लागि हाेम आइसोलेसन सुरक्षित छ ।’
ओझाले भने ‘मध्यम र कडा खालकाे लक्षण देखिएका काेराेनाका बिरामीले भने आफ्नो स्वास्थ्यकाे विशेष ख्याल राख्नुपर्छ । आफ्नो शरीरमा अक्सिजनकाे मात्रा, मुटुकाे चाल र अन्य अवस्था बारे जानकारी हुनुपर्छ ।
साथै चिकित्सकसँग फाेन संम्पर्कमै रहनु पर्छ ।’ सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन समेत सबैलाई उनले सल्लाह दिएका छन् । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालनागरी आफु आइतबार देखि नियमित काममा फर्कने उनले बताए ।