Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

कोभिड अस्पतालमा स्वास्थ्यकर्मीको अभाव #Covid 19

Nam Raj Bhatta by Nam Raj Bhatta
November 17, 2020
in News
A A
1
भाद्र १८ गते नेपालमा थप १२२८ जनामा कोरोनाको पुष्टि #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

पर्वत ,२ मंसिर २०७७

पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ ।

पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन् ।

नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो ।

Truederma 1

कुश्मा नगरपालिकाबाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा शुरु गरेको जानकारी दिए । उनले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको बताए ।

महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन् ।

नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई रु १०/१० लाख बजेट समेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।

पाँच शय्या क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर) सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ । तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बताइन् ।

अधिकांश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ तर डाक्टर पाउन हम्मे हम्मे परेको छ । स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । उनले नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव दिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना सङ्क्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुनसकेको छैन ।

Tags: #Health and population ministryCorona Virus #Covid19Health workerParwat
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

भाईटिकाको दिन ११९७ जनामा कोरोनाको संक्रमण, २९४३ कोरोनामुक्त #Covid19

Next Post

दाँत एवं मुखकाे स्वास्थ्य र यसको महत्व

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

20 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

22 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

23 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

24 hours ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

1 day ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
Dental hygiene health

दाँत एवं मुखकाे स्वास्थ्य र यसको महत्व

Comments 1

  1. Pingback: कोरोना महामारीको अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सम्मान #CovidFrontline • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In