Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड अस्पतालमा स्वास्थ्यकर्मीको अभाव #Covid 19

Nam Raj Bhatta by Nam Raj Bhatta
November 17, 2020
in News
Reading Time: 1 min read
A A
1
भाद्र १८ गते नेपालमा थप १२२८ जनामा कोरोनाको पुष्टि #Covid19
593
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

पर्वत ,२ मंसिर २०७७

पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ ।

पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन् ।

नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो ।

कुश्मा नगरपालिकाबाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा शुरु गरेको जानकारी दिए । उनले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको बताए ।

महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन् ।

नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए ।

कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई रु १०/१० लाख बजेट समेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।

पाँच शय्या क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर) सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ । तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बताइन् ।

अधिकांश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ तर डाक्टर पाउन हम्मे हम्मे परेको छ । स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । उनले नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव दिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना सङ्क्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुनसकेको छैन ।

Tags: #Health and population ministryCorona Virus #Covid19Health workerParwat
SummarizeShare242ScanTweet146

Related articles

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

by Nam Raj Bhatta
July 25, 2026
0

बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ। अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

by Nam Raj Bhatta
July 25, 2026
0

काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज...

निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

by Nam Raj Bhatta
July 25, 2026
0

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। बोर्डको कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.