Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने #Covidentizen

हाल देशभरी कोभिड १९ को जाँचको लागि ८० वटा पी सि आर प्रयोगशाला स्थापना भै सकेका छन् ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 21, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
2
सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा एन्टीजेन जाँच हुने  #Covidentizen
612
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी , ६ पौष २०७७

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका कोरोना उच्च जोखिम क्षेत्रमा कोभिड १९ को संक्रमण पहिचानको लागि एन्टीजेन जांच हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजापुर डोटीको आयोजना र स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौको सहजीकरणमा पौष ०६ गते धनगढीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौका निर्देशक डा. बासुदेव पाण्डेयले कोरोना उच्च जोखिम क्षेत्रमा कोभिडको एन्टीजेन जाँच गरिने कुरा जानकारी दिनु भएको छ ।

कोभिड १९ सन् २०१९ डिसेम्बर ३१ मा चिनको वुहान सहरमा पहिलो पटक पत्ता लागेको थियो । यो नयाँ भाइरसको संक्रमण संसार भरि फैलिन कुनै बेर नै लागेन । हाल संसारका सबै देश यस रोगबाट प्रभावित भएका छन् । आजका मिति सम्म संसारमा कोभिड १९ बाट ७ करोड ७२ लाख बढी मानिस संक्रमित भै सकेका छन् भने १७ लाख बढी मानिसको मृत्यु समेत भै सकेको छ । नेपालमा यस रोगबाट २ लाख ५४ हजार बढी मानिस प्रभावित भएका छन् भने १७९५ मानिस को ज्यान समेत गइ सकेको छ ।

रोग शुरुवात हुने बेलामा यस रोगको पहिचानको नेपालमा कुनै सुबिधा नै थिएन । कोभिड १९ को नमुना विदेश लगेर जाँच गरिएको थियो भने हाल देशभरी कोभिड १९ को जाँचको लागि ८० वटा पी सि आर प्रभावित.  स्थापना भै सकेका छन् । अहिले नेपालमा पी सि आर प्रबिधि बाट कोभिड १९ को नमुना जांच हुदै आएको छ । पी सि आर प्रबिधि अत्यन्त भरपर्दो बिधि भए पनि अत्यन्त जटिल , महँगो प्रबिधि हो । साथै समुदाय स्तरमा संकलन गरिएको नमुना पी सि आर प्रयोगशाला सम्म ल्याई जाँच गर्न समय लाग्ने र र नतिजा आउदा यदि कुनै व्यक्ति समुदायमा संक्रमित भएमा थप रोग फैलिन सक्ने सम्भावना रहेको हुनाले तुरुन्तै रोगको जांच गर्न सकिने प्रबिधि कोभिड १९ को एन्टीजेन जाँच हो र हाललाइ यो प्रबिधि कोरोना को उच्च जोखिम क्षेत्रमा प्रयोग गरिने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका Incident Command System संयोजक डा. गुणराज लोहनीले बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को लागि हाल ६ वटा पी सि आर प्रयोगशालाबाट नमुना जाँच भइरहेको छ । जति बेला कोभिड शुरु भएको थियो त्यति बेला सुदूरपश्चिम प्रदेशबाट कोभिड १९ का नमुनाहरु काठमाडौंमै सम्म लगि जाँच गर्नु पर्ने अवस्था थियो । हाल त्यो अवस्था नरहेको र प्रदेशमै दैनिक ६ हजार जति नमुना जांच गर्न सक्ने गरि क्षमता बनेको छ । त्यो संगै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत निर्णय गरि कोभिड १९ को एन्टीजेन जाँच गर्ने ब्यबस्था गरेको हुनाले सुदूरपश्चिम प्रदेशका कोरोना उच्च जोखिम क्षेत्रमा प्राबिधिक हरुको टोलि खटाएर कोभिड १९ को एन्टीजेन जाँच गरिने कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

प्रदेशलाई हाल ७५०० एन्टीजेन उपलब्ध भै सकेको र निकट भबिष्यमा थप १४५०० आपूर्ति हुने गरि कुल २२००० पहिलो चरणमा एन्टीजेन उपलब्ध हुने र यसरि उपलब्ध भएको एन्टीजेन पहिलो चरणमा कैलाली र कंचनपुरका कोरोना हट स्पट क्षेत्रमा टोली परिचालन गरि कोभिड को संक्रमण जांच हुने कुरा समेत स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जोड दिनु भएको छ । दोश्रो चरणमा.  डोटी र अछाम तथा त्यस पछी अन्य जिल्लामा समेत एन्टीजेन जाँच गर्ने गरि योजना बनाएको कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका कोभिड फोकल व्यक्ति हेमराज जोशीले जानकारी दिनु भएको छ ।

Tags: # PCR machine#government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Bashudev pandeyDr.gaun Raj awsthiDr.guna Raj lohaniHem Raj joshi
SummarizeShare261ScanTweet146

Related articles

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.