Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दन्तचिकित्सकलाई कोभिड १९ र अनुहारमा लागेको चोटपटकको व्यवस्थापन सम्बन्धी तालिम

HNN Staff by HNN Staff
May 23, 2021
in News
Reading Time: 1 min read
A A
1
COVID 19 and Maxillofacial Trauma training

COVID 19 and Maxillofacial Trauma training

611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

विशेषज्ञ सेवाका रुपमा परिचित दाँत तथा मुख स्वास्थ्य त्यसैमा अनुहारमा लागेको चोटपटकको व्यवस्थापन बिशिष्टिकृत सेवा भएकाले जिल्ला स्थित स्वास्थ्य संस्थाहरुमा आकाशको फल भइरहेको छ ।

मेडिकल कलेज बाहेक प्रादेशिक सदरमुकाममा रहेका अस्पतालमा समेत सेवाको पहुच विशेषज्ञ तथा उपकरणहरुको उपलब्धताका कारण आजसम्म पुग्न सकेको छैन । सरकारी अस्पतालहरूमा सेवाको महत्व जरुरत सम्झी स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा ३ दिने ह्याण्डस अन तालिम संचालन गरेको छ ।

COVID 19 and Maxillofacial Trauma training
COVID 19 and Maxillofacial Trauma training

त्यसो त स्वास्थ्य संरचनाको तल्लो तहसम्म आम नागरिकमा दाँत तथा मुख रोगको रोकथाम तथा सरसफाइसम्बन्धी जागरूकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण बिगत २ बर्षदेखी हुदै गरेकोे भएपनि यो तालिम पहिलो रहेको आखा, नाक कान घाटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकी बताउनु हुन्छ ।
देशभरका स्वास्थ्यसंस्थाबाट अनुहारमा लाग्ने चोटपटकको गुणस्तरीय प्राथमिक व्यवस्थापन गर्न एकरुपता कायम गर्ने उदेश्यले संचालित उक्त कार्यक्रमको उदघाटन सत्रको अध्यक्षता, कार्यक्रमको उदेश्य तथा सहभागी र अतिथिहरूलाई स्वागत उपचारात्मक महाशाखाका आखा, नाक कान, घाटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीले गर्नुभएको थियो ।

COVID 19 and Maxillofacial Trauma training
COVID 19 and Maxillofacial Trauma training

प्रमुख अतिथि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले यस्तो कठीन घडीमा पनि देशभरबाट सहभागी आएको देख्दा कार्यक्रमको महत्व र सहभागीको कामप्रतिको डेडिकेसन देखेर ह्दयदेखी खुशी ब्यक्त गर्दे प्राप्त भएको ज्ञान, सीप र क्षमता कार्यस्थलमा झल्काउनपर्ने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी सिएमसी डेण्टल कलेजका प्राचार्य डा. बिजय आचार्यले आफु त्यति लामो समय सरकारी सेवामा रहदा कुनै तालिम नपाएको तर हाल यस्ता तालिम हुदा नवचिकित्सकहरु भाग्यमानी रहेको बताउनु भयो ।

विशेषज्ञ सेवाबाट दुरदराजका बासिन्दा पनि नजिकको स्वास्थ्यसंस्थाबाट लाभान्वित गराउन,बिरामीलाई स्टेबल गर्न र थप जटिलता रोकी देशभर गुणस्तरीय र एकरुपताको प्राथमिक ब्यवस्थापन गर्न तालिम संचालन गरिएको डा. बुढाथोकी बताउनुहुन्छ । उदघाटन सत्र रत्ननगर बकुलर अस्पतालकी डा. लक्ष्मी पाण्डेले संचालन गर्नुभएको थियो ।

जनस्वास्थ्यका मापदण्डसहित संचालित उक्त कार्यशालामा भोजपुर,धनकुटा,केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा, बकुलर,चौतारा तथा सेती अस्पतालबाट २९ जना डेण्टल सर्जनहरुको सहभागिता थियो । दन्तचिकित्सकका लागी तालिम नै नहुने गरेको गुनासो गर्दे दन्तस्वास्थ्य क्षेत्रमा यो एकदम राम्रो, ब्यवहारिक र प्रशंसनीय तालिम भएको र आकस्मिक, मेडिको लेगल,आरसीटि,कृत्रिम दाँत, ईम्प्याक्सन जस्ता कार्यक्रमले पनि थप प्राथमिकता पाउनपर्नेमा सवैको जोड छ ।

COVID 19 and Maxillofacial Trauma training
COVID 19 and Maxillofacial Trauma training

३ दिने उक्त तालिमको समापन कार्यक्रममा शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले निरन्तर सम्पर्कमा रही कार्यस्थलमा परेका समस्याहरु जानकारी दिन विगतमा भएका र अबका बर्षमा शाखाले गर्न थालेका कार्यहरुको सङ्क्षिप्तमा बताउनुु भएको थियो ।

त्यस्तै समापनमा सहभागीका तर्फबाट चरिकोट अस्पतालका डा. सागर पोखरेल र स्याङजा अस्पतालकी डा. आज्ञा भुसालले अनुहारमा तथा दाँतमा लागेको चोटपटकको प्राथमिक ब्यवस्थापन गर्न सक्षम भएकाले अबका दिनमा एम्बुलेन्सबाटै वा एम्बुलेन्स खोजेर बिरामी प्रेषण गर्ने कार्यको अन्त हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।महामारीका बीच तालिम भएकाले साथै कोभिड १९, पीपीई, डनिङ र डफिङका बारेमा ज्ञान र अभ्यास गराईएकोले अब आफु संक्रमणबाट सुरक्षित रहनसक्ने तथा अस्पतालमा भएको कोभिड डयुटीमा खटिन प्रेरणा मिलेको बताउनु भयो ।

तालिमको प्रशिक्षण भौतिकरुपमा महाशाखाका डा. प्रकाश बुढाथोकी, भरतपुर अस्पतालका डा. सन्तोश कुमार यादब, एनडिएका डा. कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो भने भर्चुअलरुपमा न्याम्स वीर अस्पतालबाट प्रा.डा. बन्दना खनाल, डा. किशोर भण्डारीले गर्नु भएको डा. बुढाथोकीले जानकारी दिनुभयो ।

Tags: Bharatpur HospitalCorona Virus #Covid19Dental Health
SummarizeShare259ScanTweet147

Related articles

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

by Nam Raj Bhatta
October 1, 2026
0

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.