आज मिति : २०८२ जेष्ठ २२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

दन्तचिकित्सकलाई कोभिड १९ र अनुहारमा लागेको चोटपटकको व्यवस्थापन सम्बन्धी तालिम

HNN Staff by HNN Staff
May 23, 2021
in News
A A
1
COVID 19 and Maxillofacial Trauma training

COVID 19 and Maxillofacial Trauma training

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

विशेषज्ञ सेवाका रुपमा परिचित दाँत तथा मुख स्वास्थ्य त्यसैमा अनुहारमा लागेको चोटपटकको व्यवस्थापन बिशिष्टिकृत सेवा भएकाले जिल्ला स्थित स्वास्थ्य संस्थाहरुमा आकाशको फल भइरहेको छ ।

मेडिकल कलेज बाहेक प्रादेशिक सदरमुकाममा रहेका अस्पतालमा समेत सेवाको पहुच विशेषज्ञ तथा उपकरणहरुको उपलब्धताका कारण आजसम्म पुग्न सकेको छैन । सरकारी अस्पतालहरूमा सेवाको महत्व जरुरत सम्झी स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा ३ दिने ह्याण्डस अन तालिम संचालन गरेको छ ।

COVID 19 and Maxillofacial Trauma training
COVID 19 and Maxillofacial Trauma training

त्यसो त स्वास्थ्य संरचनाको तल्लो तहसम्म आम नागरिकमा दाँत तथा मुख रोगको रोकथाम तथा सरसफाइसम्बन्धी जागरूकता सिर्जना गरी रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण बिगत २ बर्षदेखी हुदै गरेकोे भएपनि यो तालिम पहिलो रहेको आखा, नाक कान घाटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकी बताउनु हुन्छ ।
देशभरका स्वास्थ्यसंस्थाबाट अनुहारमा लाग्ने चोटपटकको गुणस्तरीय प्राथमिक व्यवस्थापन गर्न एकरुपता कायम गर्ने उदेश्यले संचालित उक्त कार्यक्रमको उदघाटन सत्रको अध्यक्षता, कार्यक्रमको उदेश्य तथा सहभागी र अतिथिहरूलाई स्वागत उपचारात्मक महाशाखाका आखा, नाक कान, घाटी र मुख स्वास्थ्य प्रमुख डा. प्रकाश बुढाथोकीले गर्नुभएको थियो ।

COVID 19 and Maxillofacial Trauma training
COVID 19 and Maxillofacial Trauma training

प्रमुख अतिथि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले यस्तो कठीन घडीमा पनि देशभरबाट सहभागी आएको देख्दा कार्यक्रमको महत्व र सहभागीको कामप्रतिको डेडिकेसन देखेर ह्दयदेखी खुशी ब्यक्त गर्दे प्राप्त भएको ज्ञान, सीप र क्षमता कार्यस्थलमा झल्काउनपर्ने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथी सिएमसी डेण्टल कलेजका प्राचार्य डा. बिजय आचार्यले आफु त्यति लामो समय सरकारी सेवामा रहदा कुनै तालिम नपाएको तर हाल यस्ता तालिम हुदा नवचिकित्सकहरु भाग्यमानी रहेको बताउनु भयो ।

विशेषज्ञ सेवाबाट दुरदराजका बासिन्दा पनि नजिकको स्वास्थ्यसंस्थाबाट लाभान्वित गराउन,बिरामीलाई स्टेबल गर्न र थप जटिलता रोकी देशभर गुणस्तरीय र एकरुपताको प्राथमिक ब्यवस्थापन गर्न तालिम संचालन गरिएको डा. बुढाथोकी बताउनुहुन्छ । उदघाटन सत्र रत्ननगर बकुलर अस्पतालकी डा. लक्ष्मी पाण्डेले संचालन गर्नुभएको थियो ।

जनस्वास्थ्यका मापदण्डसहित संचालित उक्त कार्यशालामा भोजपुर,धनकुटा,केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी, दोलखा, नवलपुर, पोखरा, धनगढी, तौलिहवा, बकुलर,चौतारा तथा सेती अस्पतालबाट २९ जना डेण्टल सर्जनहरुको सहभागिता थियो । दन्तचिकित्सकका लागी तालिम नै नहुने गरेको गुनासो गर्दे दन्तस्वास्थ्य क्षेत्रमा यो एकदम राम्रो, ब्यवहारिक र प्रशंसनीय तालिम भएको र आकस्मिक, मेडिको लेगल,आरसीटि,कृत्रिम दाँत, ईम्प्याक्सन जस्ता कार्यक्रमले पनि थप प्राथमिकता पाउनपर्नेमा सवैको जोड छ ।

COVID 19 and Maxillofacial Trauma training
COVID 19 and Maxillofacial Trauma training

३ दिने उक्त तालिमको समापन कार्यक्रममा शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले निरन्तर सम्पर्कमा रही कार्यस्थलमा परेका समस्याहरु जानकारी दिन विगतमा भएका र अबका बर्षमा शाखाले गर्न थालेका कार्यहरुको सङ्क्षिप्तमा बताउनुु भएको थियो ।

त्यस्तै समापनमा सहभागीका तर्फबाट चरिकोट अस्पतालका डा. सागर पोखरेल र स्याङजा अस्पतालकी डा. आज्ञा भुसालले अनुहारमा तथा दाँतमा लागेको चोटपटकको प्राथमिक ब्यवस्थापन गर्न सक्षम भएकाले अबका दिनमा एम्बुलेन्सबाटै वा एम्बुलेन्स खोजेर बिरामी प्रेषण गर्ने कार्यको अन्त हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।महामारीका बीच तालिम भएकाले साथै कोभिड १९, पीपीई, डनिङ र डफिङका बारेमा ज्ञान र अभ्यास गराईएकोले अब आफु संक्रमणबाट सुरक्षित रहनसक्ने तथा अस्पतालमा भएको कोभिड डयुटीमा खटिन प्रेरणा मिलेको बताउनु भयो ।

तालिमको प्रशिक्षण भौतिकरुपमा महाशाखाका डा. प्रकाश बुढाथोकी, भरतपुर अस्पतालका डा. सन्तोश कुमार यादब, एनडिएका डा. कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो भने भर्चुअलरुपमा न्याम्स वीर अस्पतालबाट प्रा.डा. बन्दना खनाल, डा. किशोर भण्डारीले गर्नु भएको डा. बुढाथोकीले जानकारी दिनुभयो ।

Tags: Bharatpur HospitalCorona Virus #Covid19Dental Health
Nisarga hospital Dhangadhi
Previous Post

चिकित्सक संघले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा

Next Post

नेपाल टेलिकमले सबै स्वास्थ्यकर्मीहरुलाई एक महिने नि:शुल्क कल सुविधा दिने, फारम सहित

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

21 hours ago
780
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

1 day ago
816
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

3 days ago
814
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

3 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

4 days ago
869
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

4 days ago
800
Next Post
Nepal Health Professional Council Free NTC Voice pack program

नेपाल टेलिकमले सबै स्वास्थ्यकर्मीहरुलाई एक महिने नि:शुल्क कल सुविधा दिने, फारम सहित

Comments 1

  1. Pingback: चिकित्सक संघको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...