काठमाडौं, १८ चैत २०७८
नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजको १६ औं राष्ट्रिय सम्मेलनअन्तर्गत बुधबारदेखि कस्मेटिक गाइनोकोलोजीसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कस्मेटिक गाइनोकोलोजी अन्तर्गत महिलाहरुको योनीमा हुने असहजता र समस्याहरुको निराकरण गरिन्छ । साथै हाँस्दा, खोक्दा, काम गर्दा पिसाब चुहिने र महिनावारी रोकिनलाग्दा वा महिनावारी रोकिएपछि योनीमा हुने सुख्खापना आदिको उपचार समेत पर्दछ ।
४० जना प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको सहभागिता रहेको गोष्ठी उद्घाटन गर्दै नेसोगका अध्यक्ष प्रा.डा. गणेश दंगालले कस्मेटिक गाइनोकोलोजी विश्वभरी माग भइरहेको र नेपालबाट यो सेवा लिन विदेशमा गइरहेको अवस्थामा विशेष कार्यशाला सञ्चालन गरिएको बताए ।
कार्यक्रममा विदेशबाट विशेषज्ञहरु आई सहजीकरण समेत गरेका छन् । कार्यक्रममा नेसोगअन्तर्गत कस्मेटिक गाइनोकोलोजीको समितिसमेत गठन गरिएको छ ।