कैलालीका अमृत शाहीले जिते कोरोना ,संक्रमणबाट निको हुनेको संख्या ५ पुग्यो#Covid19

काठमाडौं ९, बैशाख

नेपालमा कोरोना भाइरसको संक्रमण जितेर निको हुनेको संख्या ५ पुगेको छ। आज सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका ३४ बर्षिका अमृत शाही कोरोना भाइरसको संक्रमण जितेर घर फर्केका छ्न । उहाँ  चैत  ४ गते दुबैबाट नेपाल आएका थिए। ३० दिन सम्म अस्पतालमा उपचार गरेर फर्किएका छ्न।

डिस्चार्ज भएर घर फर्किने क्रममा शाहीले  सञ्चारकर्मीहरु सङ्ग  कुराकानी गर्दै अरु उपचाररत  सन्क्रमितहरुलाई नआतिएर उपचार गर्नुस कोरोना बाट लड्न सकिन्छ  भन्ने सन्देश दिएका छ्न। अब सेती प्रादेशिक अस्पतालमा ३ जना बिरामिको उपचार भइरहेको छ र उहाँहरुको अवस्था पनि समान्य रहेको अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए। यसरी सन्क्रमित भएर डिस्चार्ज गरि हामी अस्पताल परिवार लगायत सुदुरपस्चिम बासी खुसी भएको पनि बताउनु भयो।

आज अस्पताल बाट कोरोना संक्रमण जितेका शाही अस्पतालमा  सबैभन्दा  पहिले भर्ना हुने व्यक्ती पनि हुन् ।

Next Post

Discussion about this post

ADVERTISEMENT