काठमाडौं, १९ वैशाख २०७८
नेपालमा अहिलेसम्मकै धेरै पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले देशभर ७ हजार २११ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
![Covid pandemics and role of media - नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै ७ हजार भन्दा बढीमा कोरोना पोजेटिभ Covid pandemics and role of media](https://i0.wp.com/healthnewsnepal.com/static/Covid-pandemics-and-role-of-media.jpg?resize=400%2C399&ssl=1)
अहिले सक्रिय संक्रमित ४८ हजार ७११ रहेको छ । गौतमका अनुसार १६ हजार १४७ जनाको पीसीआर परीक्षण भएकोमा ७ हजार १३७ जना र ६२३ जनाको एन्टीजेन परीक्षण भएकोमा ७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६ सय १२ जना निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ जसमध्ये २ लाख ८३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । ३३ सय २५ संक्रमितको मृत्यु भइसकेको छ ।