आज मिति : २०८२ मंसिर १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोरोना संक्रमण नियन्त्रण प्रभावकारी बनाउन सातै प्रदेश मातहतका कार्यालयलाई निर्देशन #Covid2021

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
March 22, 2021
in News
A A
6
Ministry of Health and Population Nepal

Ministry of Health and Population Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ , ०९ चैत्र २०७७

नेपाल सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सातै प्रदेशका मन्त्रालय मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।

Corona virus awareness
Corona virus awareness

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्षमा सतर्कता अपनाउन निर्देशन दिएको भन्‍दै उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिए । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि बढाउन भनेको छ ।

उनले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिए । मन्त्रालयले स्थानीय तहलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न- नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जनामा सङ्क्रमणबाट निको र तीन हजार १६ जना सङ्क्रमणको कारणले निधन भइसकेको छ।
(अनलाईन खबर)

Tags: #government of Nepal#Health and population ministry#kathmanduCorona Virus #Covid19Dr.jageshor gautam
Nisarga hospital Dhangadhi
Previous Post

धुलिखेल अस्पतालद्धारा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा “दन्त शिविर” सम्पन्न

Next Post

मातृका आई सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघले सँयुक्त रूपमा विश्वदृष्टि विशेषज्ञ दिवस मनायो #WorldOptometryDay

Related articles

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र

15 hours ago
777
नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

3 days ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

3 days ago
779
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

3 days ago
816
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

5 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

1 week ago
868
Next Post
मातृका आई सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघले सँयुक्त रूपमा विश्वदृष्टि विशेषज्ञ दिवस मनायो #WorldOptometryDay

मातृका आई सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघले सँयुक्त रूपमा विश्वदृष्टि विशेषज्ञ दिवस मनायो #WorldOptometryDay

Comments 6

  1. Pingback: नयाँ भेरिएन्ट आए अवस्था जटिल हुन सक्ने • Health News Nepal
  2. Pingback: बिरामीको आफन्त माथि यौन दुर्व्यवहार गर्ने डाक्टर पक्राउ • Health News Nepal
  3. Pingback: लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ। • Health News Nepal
  4. Pingback: भारतमा रहेका नेपालीहरुलाई कोरोनाबाट सुरक्षित रहन दुतावासको आग्रह • Health News Nepal
  5. Pingback: नेपालमा‌ अहिलेसम्मकै सबैभन्दा धेरै ७ हजार भन्दा बढीमा कोरोना पोजेटिभ • Health News Nepal
  6. Pingback: कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...