बैशाख २५, काठमाडौं
विश्वभर कोरोना संक्रमितको संख्या ३७ लाख ४८ हजार ९ सय ५९ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ।
जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख २० हजार ३ सय २५, इटालीमा २ लाख १४ हजार ४ सय ५७, बेलायतमा २ लाख २ हजार ३ सय ५६, फ्रान्समा १ लाख ७४ हजार २ सय २४, जर्मनीमा १ लाख ६८ हजार १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ६३ हजार १ सय ४६ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। अहिलेसम्म अमेरिकामा ७३ हजार ९५ को मृत्यु भएको छ।