काठमाडौं १६, बैशाख
रौतहट जिल्लामा थप दुई जनाको नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा रौतहटमा दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
यसअघि पनि सर्लाहीका १४ वर्षीय किशोरको कोरोना जाँच गर्दा जनकपुरस्थित पीसीआरमा नेगेटिभ देखाएको थियो । तर,
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजेटिभ देखाएको थियो ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमण देखिनेमा ५४ पुगेका छन् भने १६ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् । अब ३६ जनाको उपचार भइरहेको छ।