बिराटनगर २८, बैशाख
कोशी अस्पतालबाट आइतबार एकैदिन दुई जना कोरोना संक्रमित निको भएका छन्। झापाको बाह्रदशी गाउँपालिका निवासी ५० वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोना जितेर मुक्त भएका हुन्।
विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूलाई काेराेना निकाे भएपछि आज डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताईन् ।
भोजपुरका युवकमा गत वैशाख ११ गते कोरोना संक्रमण देखिएको थियो। उनी गत फागुनको अन्तिम साता साउदीबाट नेपाल आएका थिए।भने झापाका पुरुषमा वैशाख १४ गते संक्रमण देखिएको थियो। उनी भारतको दिल्लीबाट आएका थिए। योसँगै कोसी अस्पताल कोभिड १९ उपचाररत डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।प्रदेश १ मा मात्र संक्रमितको संख्या ३५ जना पुगेकाे छ।
नेपाल भरी कोरोना संक्रमण बाट निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ।