✍️ डा.श्रवण कुमार मिश्र , भाईरोलोजिष्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ,टेकू
कुनै पनि ब्यक्तिहरु सम्पर्कमा आएको पहिलो र दोस्रो घेराको ट्रेसिंग र जांच र भिडभाड हुने ठाउँका र बिभिन्न कार्यालयमा फ्रन्टलाइनमा काम गर्ने मानिसहरुमा जांचले गर्दा संक्रमितको संख्या बढेको हो । यो खुशीको कुरा हो र रोगको संक्रमणको चेन तोड्न मदत पुग्छ र स्वास्थ्य मानिस संक्रमित हुने सम्भावना न्यूनीकरण हुन्छ ।
अर्को तिर संक्रमण समुदायमा गएको प्रारम्भिक अनुमान छ र संक्रमणको श्रोत नखुलेको सन्दर्भमा संक्रमण तेस्रो चरणमा समेत गएको देखिन्छ । साथै २५-३० वर्षको मानिसहरुको मृत्यु हुनु बिस्तृत अध्ययनको बिषय हो ।
तर साबधानी अपनाउनु, स्वासप्रस्वास रोगमा लिनु पर्ने संक्रमण साबधानीहरु मास्क प्रयोग गर्नु, साबुन पानीले हात धुने, अनुहारको वरिपरी हात नलगाउने जस्ता ब्यबहारमा परिवर्तन ल्याउने जस्ता कार्य गर्नु उपयुक्त हुन्छ ।





