पछिल्लो २४ घण्टामा ३३४ संक्रमीत थपिए, कुल संख्या २६३४ पुग्यो #Covid19

काठमाडौं , २२ जेठ

नेपालमा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।विहिवार मात्र देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म १० जनाको मृत्यु भएको छ ।

आज पाल्पाका ३४ वर्षका पुरुषको तीन अघि मृत्यु भएको थियो जसमा उहाँको स्वाब परिक्षण गर्दा पोजेटिभ भेट्टिएको मन्त्रालयले जनाएको छ।

Next Post

Discussion about this post

ADVERTISEMENT