नेपालमा थप ४७६ मा कोरोनाको पुष्टि , कुल संक्रमितको संख्या १३हजार २४८ पुग्यो #Covid19

काठमाडौं , १५ असार

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार थपिनेमा ११२ जना महिला र ३६२ पुरुष छन्।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७७ वटै रहेका छन् । ।

पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १३ महिला र १०८ जना पुरुष छन् ।

हाल सम्म डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १३४ पुगेको छ। जसमा २६६ जना महिला र २ हजार ८६६ जना पुरुष रहेका छन् ।

बिभिन्न अस्पतालका आइसोलेशनमा १० हजार ८५ जना उपचाररत छन् ।

यसैगरी २४ घण्टामा देशभरका २२ वटा प्रयोगशालामा ७ हजार ७९१ को पीसीआर नमुना परीक्षण गरिएको छ । भने १ हजार ८२२ आरडिटी गरिएको डा. गौतमले जानकारी दिए ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

Next Post

Discussion about this post

ADVERTISEMENT