बिरगंज, १२ जेठ
बिरगंज स्थित नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज हुने भएका छन् । उनीहरुको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ भएपछि उनीहरुलाई कोरोना मुक्तसहित डिस्चार्ज गरिरहेको अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले बताए ।
यसअघि नारायणीबाट आइतबार मात्रै एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए ।
डा. उपाध्यायले पछिल्लो पटक ३० बैशाख र त्यसभन्दा अघिका विभिन्न मितिमा भर्ना भएका संक्रमितहरु कोरोनामुक्त भएको स्पष्ट पारे । आज ४३ जना कोरोनामुक्त हुँदा नारायणी अस्पतालको आइसोलेसन पनि खाली हुने उनले बताए ।
त्यस क्षेत्रका बाँकी बिरामी अहिले सोही अस्पतालले सञ्चालमा ल्याएको कोरोना विशेष अस्पताल (गण्डक अस्पताल)मा रहेका छन् । सो अस्पतालमा अहिले २७ जना बिरामी छन् । अहिलेसम्म कोरोना सन्क्रमितको संख्या ६८२ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ रहेको छ। अब ४३ जना सहित कोरोना जित्नेको संख्या पनि १५५ पुगेको छ।