काठमाडौं, २७ माघ २०७७
निजामती कर्मचारी अस्पताल बानेश्वरमा पत्रकारलाई सोमबार देखि दिन शुरु गरेको कोरोना विरुद्धको खोप मंगलबार (दुई दिन) सम्म ३ सय भन्दा बढीले लगाएका छन्।
पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ।
यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन्।
सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो । खोप शुक्रबारसम्म सञ्चालन हुने छ ।