काठमाडौं , २१ असार
काठमाडौंको ढलमा कोभिड-१९ को जिवाणु देखिँदैमा समुदायमा संक्रमण भएको पुष्टि हुँदैन भनी मन्त्रालयको विज्ञप्ति अबैधानिक देखियो । विभिन्न जनस्वास्थ्य विज्ञ र प्रयोगशाला विज्ञको भनाई अनुसार यदि कुनै शहरको ढलमा कोभिड-१९ को जिवाणु देखिन्छन् भने त्यहाँ समुदायमा संक्रमण भएको पुष्टि हुन्छ। यो कुरा विभिन्न देशमा भएको अनुसन्धानहरु बाट प्रमाणित भइसकेको छ।
भर्खरै नेदरल्याण्डमा गरिएको एउटा अनुसन्धानमा विभिन्न समयमा ढलको पानीबाट कोभिड-१९ को जिवाणु को परीक्षण गरिएको थियो। ढलको पानीमा देखिएको कोभिड-१९ का जीवाणुका जीनहरुको संख्या त्यहाँको समुदायमा भएको संक्रमण संग प्रत्यक्ष समानुपातिक सम्बन्ध रहेको देखिएको । उक्त अनुसन्धानको रिपोर्ट american chemical society public health emergency collection जर्नलमा छापिएको छ।
“Presence of SARS-Coronavirus-2 RNA in Sewage and Correlation with Reported COVID-19 Prevalence in the Early Stage of the Epidemic in The Netherlands” अनुसन्धानको शीर्षक रहेको लेखलाई Pub Med Central मा गएर हेर्न सकिन्छ्।