बिरगंजमा २ महिने शिशु लगायत १७ जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या ९९ पुग्यो #Covid19

काठमाडौं २४, बैशाख

बीरगञ्जमा एकैचोटी १७ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा दुई महिने शिशु पनि रहेकी छन् । आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । १७ जन मध्ये १० पुरुष र ७ महिला रहेका छ्न।

पुरुषहरुको उमेर संक्रमितहरुको उमेर :२ महिनाको शिशु , ३ वर्षको बच्चा , ९ वर्ष , १२,१३,१४,१७,४०,४५, ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए ।

त्यस्तै महिलाहरुमा ६ महिनाकी बालिका , १३ वर्षकि २ जना , २९, ३२,३५, र ६२ वर्षको उमेर रहेको पनि डा.अधिकारीले बताएका छ्न।

बुधबार नै कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय नागरिक डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ । यद्दपि उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन ।

Next Post

Discussion about this post

ADVERTISEMENT