काठमाडौं, ३ जेठ २०८२
निजामती कर्मचारी अस्पतालले निजामति कर्मचारीहरुका लागि सेवा विस्तार गरेको छ।
सेवाका सम्बन्धमा आम निजामती कर्मचारीहरुबाट प्राप्त गुनासाहरुको सम्बोधन गर्न निजामती कर्मचारी अस्पताल जेठ ४ गते आइतबारदेखि सन्ध्याकालीन सेवा दिन लागेको हो। उक्त सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म दिइने बताइएको छ।
विकास समितिको मिति २०८२ वैशाख २२ गतेको बोर्ड बैठकबाट निर्देश भएबमोजिम यहि मिति २०८२ जेठ ४ देखि निजामती कर्मचारीहरु लक्षित सन्ध्याकालीन सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुनेछ।