आज मिति : २०८२ जेष्ठ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

चितवनका अस्पतालमा शैया भरिएपछि डा. भोजराज अधिकारीका सात सुझाव

Nam Raj Bhatta by Nam Raj Bhatta
May 12, 2021
in News
A A
1
Dr Bhojraj Adhikari, Consultant Physician

Dr Bhojraj Adhikari, Consultant Physician

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, २९ वैशाख २०७८

कोरोना भाईरस (कोभिड १९) संक्रमितले चितवनका अस्पतालमा शैया भरिंदै गएपछि डा. भोजराज अधिकारीले सामाजिक सञ्जाल मार्फत् सहजै गर्न सकिने सात सुझाव दिनु भएको छ।

जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुको समन्वयमा गर्न सकिने यी सुझाव कार्यान्वयन गर्ने हो भने कोभिडका संक्रमितहरुलाई बचाउन सकिने देखिन्छ ।

उहाँले पिसिआर रिपोर्ट आउनासाथ रिपोर्टसँगै होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यस्तो अवस्थामा नजिकको स्वास्थ्यकर्मी र एक डाक्टरसँग नियमित परामर्शमा रहने र संक्रमणमुक्त नभएसम्म परामर्शमा रहने स्वास्थ्यकर्मीले निगरानी गरिरहनुपर्ने उहाँको भनाई छ । कुनै लक्षण देखिएमा अस्पताल पठाउने र त्यसको समन्वय स्थानीय पालिकाले गर्ने गरेमा जटिल बन्नबाट केही हदसम्म टाढा रहन सकिने उहाँको सुझाव छ ।

उहाँले लेख्नु भएको छ “पिसिआर पोजेटिभ आउनासाथ रिपोर्टसँगै होम आईसोलेसन ठेगानाको नजिकको एक स्वास्थ्यकर्मी र एक डाक्टरको नाम पनि बिरामीले पाउने र आफ्नो कोभिड कोर्षभरी उनीहरुसँग बिरामी परामर्शमा रहने । लक्षण आए उनीहरुकै समन्वयमा अस्पतालमा पठाउने र यसको समन्वय पालिकाले गर्ने । ”

यस्तै उहाँले पालिका अन्तर्गतका स्वास्थ्यका स्थायी संरचनामा अक्सिजन सहितको प्राविधिक सेवा थप गरी माईल्ड टु मोडरेट बिरामी राख्ने व्यवस्था गर्नु पर्ने सुझाव दिनुभएको छ । उहाँले अगाडि लेख्नुहुन्छ “कोभिड आईसोलेसन सेन्टर बनाईहाल्ने । त्यहाँ गम्भीर भए ठूला अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाउने ।”

त्यसैगरी तत्काल कोभिड उपचार गर्ने अस्पतालहरुको एक/ एक घण्टामा अपडेट हुने व्यवस्था गर्ने र बेड खाली भए नभएको हेर्न मिल्ने मेकानिजम बनाउन उहाँले सुझाव दिनुभएको छ । उहाँले प्रहरीको १०० नम्बर जस्तै एउटा नम्बर राखेर कलसेन्टर मार्फत् बेड बारे बुझ्ने र खाली भएको अस्पतालसँग समन्वय गरेर मात्रै अस्पताल आउने गर्दा अलमल र समयको नोक्सानी नहुने सुझाव दिनुभएको छ ।

यस्तै अस्पतालको अधिकतम क्षमतामा भएका भेन्टिलेटर, एचएचएनसि, अक्सिजन सिलिण्डर र आवश्यकता सहितको स्वेतपत्र जारी गरी त्यसको व्यवस्थापनको समन्वय जिल्ला प्रशासनले गर्ने व्यवस्था मिलाउन पनि डा. अधिकारीको आग्रह छ ।

मृत्यु भएकाहरुको प्रत्येक हप्ता कारणसहितको मृत्युदरको अडिट गर्ने व्यवस्था मिलााउने पनि उहाँले सुझाउनु भएको छ । राम्रो हुँदै गएर अक्सिजन लाउन नपरे पनि १० दिनमा पिसिआर पर्खेका वा दोहोराएर पिसिआर गर्दा फेरी पोजेटिभ आएर घर जान नमान्नेलाई योगा लगायत वैकल्पिक सेन्टरमा राखेर मनोबल बढाउने क्रियाकलाप गर्ने पनि डा. अधिकारी बताउनुहुन्छ । उहाँले लेख्नु भएको छ “त्यसो गर्दा अस्पतालका बेड छिटो खाली हुन सघाउ पुग्छ ।”

मुख्य कुरा यस्तो महामारीमा ज्यान जोखिम मोलेर काम गर्ने स्वास्थयकर्मीहरुलाई हतोत्साहि र मानमर्दन हुने काम कतैबाट हुन नहुने बताउँदै उहाँले लेख्नु भएको छ “सकिन्छ जोखिम भत्ता लगायत बीमा सहितको राहत प्याकेज राख्ने ।”

डा. अधिकारीले यी सुझावहरु धेरै ठाउँमा राखेरको र छिटो कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभएको छ ।

FB IMG 1620820256232

सुझावसँगै उहाँले अस्पतालहरुको अवस्थाबारे पनि चित्रण गर्नुभएको छ । जटिल खालका कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर भरतपुरले थप शैयाको व्यवस्था गरी १४५ बाट २०० पुर्याउने तयारी गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएको डा. अधिकारी लेख्नुहुन्छ “कोभिडको पहिलो लहरपछि करिबकरिब खाली भइसकेपछि पुनः पहिलेकै सेवामा फर्कन थालेको भरतपुर अस्पतालमा आइसियूसहित शैया बढाउनुपर्ने बाध्यता छ । चितवन बाहिरबाट पनि दैनिक एकसय जनाको फोन आइसियूसहितको शैया खाली छ कि छैन ? भनेर आउने गरेको छ ।” विशेष गरेर बाँके, दाङ, सल्यान, प्युठान, रुपन्देही, मकवानपुर र पर्सा लगायतका २२ जिल्लाबाट फोन आईरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभएको छ “शतप्रतिशत शैया भरिएका छन् र खाली हुन कि त बिरामीको मृत्यु हुनुपर्यो, कि त बिरामी ठीक हुनुप-यो ।” बिरामीका आफन्तले सोधे पनि निरुत्तर हुन बाध्य भएको उल्लेख गर्दै उहाँले “त्यति टाढाबाट ल्याउन बेड खाली छ भनियो भने आधा घन्टामा नजिकका तीन एम्बुलेन्स बेड ढुकेर अस्पतालको गेटमा पहिल्यै हुन्छन्, कसरी खाली छ भन्नू ।” अन्धाधुन्ध ल्याउन भने पनि बाटोमै बिचल्ली वा आएर अलपत्र पर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ “सेवा र क्षमता बढाऔँ अक्सिजन पहिलाभन्दा ६ गुना माग बढ्यो । तर पाउने स्रोत उही छ । त्यसले गर्दा समस्या सिर्जना भएको छ ।”

पछिल्लो समय एउटै परिवारको सदस्य पनि एक जना आइसियूमा एकजना एचडियूमा एकजना जनरल बेडमा र एकजना घरमा अक्सिजन लिएर बसिरहेको अवस्था रहेको चित्र प्रस्तुत गर्दै उहाँले लेख्नु भएको छ “घरको एउटा सदस्यको मृत्यु हुन्छ, अर्को त्यही रोगले भर्ना भएको सदस्यलाई कसरी भन्नू ? दर्दनाक पीडा छ ।”

Tags: Bharatpur HospitalCorona Virus #Covid19Dr.Bhojraj Adhikari
Nisarga hospital Dhangadhi
Previous Post

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ?

Next Post

अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर

Related articles

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न
News

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न

11 hours ago
863
राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित
News

राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित

13 hours ago
790
नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम
News

नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम

15 hours ago
785
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

2 days ago
784
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

2 days ago
832
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

4 days ago
853
Next Post
अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर

अनायसै अस्पतालमा लडेका छन मान्छेका लहर

Comments 1

  1. Pingback: भरतपुर अस्पतालमा २४ घण्टै कोभिड हेल्थ डेस्क सञ्चालनमा • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,037)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...