आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ वटा भेण्टिलेटर हस्तान्तरण

HNN Staff by HNN Staff
August 11, 2020
in News
A A
0
चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ वटा भेण्टिलेटर हस्तान्तरण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नमराज भट्ट

काठमाडौं, २७ साउन 

चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेण्टिलेटरहरुको अभाव भैरहेको छ । चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ ।

भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पुर्याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भन्नुभयो, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पुर्याएको यो सहयोग अतुलनीय छ ।’

2 scaled 1 1

फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गर्नुभयो । ‘यो सहयोगले कोभिड–१९ का बिरामीहरुको उपचारमा मद्दत पुर्याउने आशा लिएका छौं,’ चौधरीले भन्नुभयो । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ ।

पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन–९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो । प्रदेश–१ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा यी सामग्री वितरण गरिएको थियो । साथै, प्रदेश २ को जानकी मेडिकल अस्पताल, प्रादेशिक केन्द्र अस्पताल र स्वाब परिक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगन्ज), कौडेना स्वास्थ्य केन्द्र र मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पतालमा पीपीई वितरण गरिएको थियो ।

फाउण्डेसनले प्रदेश ३ का कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र (भक्तपुर), चितवन अस्पताल, हैटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर मेमोरियल अस्पताल (काभ्रे), तथा प्रदेश ४ को नवलपरासीको मध्यबिन्दू अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वत-बागलुङ-गोरखा जिल्ला अस्पताल लगायतलाई पीपीई हस्तान्तरण गरेको थियो । प्रदेश ५ का भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही), आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सशस्त्र प्रहरी अस्पताल (कोहलपुर) लगायत स्वास्थ्य केन्द्रमा पीपीई वितरण गरिएको थियो ।

दोस्रो चरणमा चौधरी फाउण्डेसनले कोभिड–१९ को परिक्षण किट सहयोग गरेको थियो । फाउण्डेसनले १००० थान ‘पीसीआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।

त्यस्तै तेश्रो चरणमा फाउण्डेसनले अति संवेदनशील कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको थियो । सुदुरपश्चिम प्रदेशका सेती अस्पताल (कैलाली), डडेलधुरा – दार्चुला  – बैैतडी जिल्ला अस्पताल, महाकाली नगरपालिका लगायत कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम) अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गराएको थियो । प्रदेश २ मा जनकपुर, वीरगन्ज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहा लगायत जिल्लाका अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रमा यी सामग्री हस्तारण गरेको थियो ।

तेश्रो चरणसम्म फाउण्डेसनले १९९ अस्पताल एवं स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

चौथो चरणमा फाउण्डेसनले उल्लेखित चार ओटा प्रदेशलाई दुई–दुई ओटा भेण्टिलेटर हस्तान्तरण गरेको हो ।

Tags: #Health and population ministryChaudhary foundationCorona Virus #Covid19
Previous Post

काठमाडौँ उपत्यकामा १३४ जना सहित देशभर ६३८ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

देशभर १८३ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण #Covid19

Related articles

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध
News

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

3 hours ago
1.6k
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त
News

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त

5 hours ago
1.6k
बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन
News

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

22 hours ago
1.6k
बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

1 day ago
1.6k
डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न
News

डेन्टल एसोसिएसनद्वारा उपचारसम्बन्धी जानकारी र सहमतिबारे एकदिने कार्यशाला गोष्ठी सम्पन्न

2 days ago
1.6k
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास
News

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल दास

3 days ago
1.6k
Next Post
Doctor

देशभर १८३ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,420)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...