Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्यो चाँगुनारायण

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2024
in News
A A
0
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्यो चाँगुनारायण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, १९ बैशाख २०८१

चाँगुनारायण नगरपालिकाले वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक गर्दै पहिलो नगरपालिका बन्न सफल भएको छ । नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गर्नुभएको हो ।

देशभरका ७५३ वटा पालिकामध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाउने पहिलो नगरपालिका हो । नगरपालिकाले कार्ययोजना निमार्णका लागि नगर प्रवक्ता जनक खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले सरोकारवालाहरुसँग ब्यापक छलफल गरि तयार पारिएको सार्वजनीक गरिएको हो ।

नगर प्रमुख खत्रीले नेपालको संविधान २०७२ को धारा ३० ले सबै नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे बमोजीम चाँगुनारायण नगरपालिकालाई नमूना नगरपालिका बनाउने अभियान अन्र्तगत वायु गुणस्तर सुधारको लागि पहिलो चरणमा वायू गुणस्तर योजना निर्माण गरी कार्यान्वयनको चरणमा अगाडि बढेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले कुनै पनि योजना वा कार्ययोजना छनौट वा निर्माण गर्दा नागरिकको सहभागिता अनीवार्य हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नगरपालिकाले वायू गुणस्तर कार्ययोजना निर्माणको क्रममा समेत आम नागरिकको सहभागिता कार्ययोजना निर्माण गरिएको बताउनुभयो ।Churamani panthi

नगरपालिकाकाको २०७९ पुष महिनाको २४ गतेको १६ औं कार्यपालिका बैठकको निर्णय अनुसार वायु गुणस्तर ब्यवस्थापन योजना लागि पाँच सदस्यीय कार्यदल गठन भई कार्य प्रारम्भ गरेको र कार्यदलले विभिन्न चरणमा नागरिक सञ्जाल, ईट्टा उद्योग ब्यवसायी, फोहोरमैला संकलन तथा ब्यवस्थापन गर्ने सेवा प्रदायक संस्था, सार्वजनिक यातायात ब्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र विषयगत शाखा लगायत सरोकारवाला ब्यक्ति तथा संस्थाहरुसँग बैठक, समूहगत छलफल र अन्र्तक्रिया लगायतका कार्य गरी जनस्तरबाट राय सुझाव संकलन गरेर कार्ययोजना निर्माण गरिएको मेयर खत्रीले स्पष्ट पार्नुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्रको वायू गुणस्तर सुधारको लागि यूएसएआईडी स्वच्छ हावा परियोजना र वातवारण तथा जनस्वास्थ्य संस्था एन्फोको सहयोगमा नगरपालिकाको वायू गुणस्तर योजना २०८० तयार पारिएको हो । नगरपालिकाले तीन वर्षे वायू गुणस्तर योजनालाई कार्यान्वयन गर्न आफ्नो आन्तरिक स्रोत साधनको साथै सहयोगी संघंस्थाहरुको सहयोगलाई समेत जोडेर योजना कार्यान्वयनको चरणमा अगाडि बढ्नेछ ।

त्यस्तै, नगर प्रमुख खत्रीले सरसफाई नै सभ्यता हो, यही भावना जगाऔं, सबै मिली चाँगुनारायणलाई हराभरा बनाऔं भन्ने नारालाई सार्थक बनाउन योजना कार्यान्वयन गरी स्वच्छ र सफा नगरपालिका बनाउने अभियानमा सबै सरोकारवालाहरुको सक्रिय सहभागिताको लागि आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वायू गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्दा आफू अत्यन्तै खुसी भएको बताउनुभयो । प्रशासकीय प्रमुख पन्थीले खानेपानी, वातावरण र फोहोरमैला ब्यवस्थापनमा नगरपालिकाले ब्यापक छलफल गरेर अगाडि बढिरहेको बताउनुभयो । उहाँले

वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले चाँगुनारायण नगरलाई स्वच्छ हराभरा बनाउने अभियानमा जनप्रतिनिधिहरु एकढिक्का भएर लागिरहेको बताउनुहुँदै स्वच्छ हावा परियोजना कार्यान्वयनमा सबै लाग्नुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बिर बहादुर खडका, कार्यपालिका सदस्य कमला गिरी भारती, भक्तपुर ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बा, नेप्सेम्याक भक्तपुर शाखा प्रमुख बाबुराम चौलागाई, एन्फो प्रोजेक्ट कोअर्डिनेटर सृजना शाक्य, प्रोजेक्ट म्यानेजर जयश्री राजभण्डारी, स्वच्छ हावा संजाल चाँगुनारायण नगरपालिका अध्यक्ष रवीता कार्कीलगायतले मन्तब्य राख्नु भयो ।

सो अवसरमा चाँगुनारायण नगरपालिकामा पहिलो पटक दर्ता भएको संस्था स्वच्छ हावा संजाललाई दर्ता प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

चाँगुनारायण नगरपालिकाका स्वच्छ हावा कार्यक्रम संयोजक सुरन्द्र लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुसहित जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा सरोकारवाला निकाय र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Tags: #government of Nepalchagunarayan municipality BhaktapurEnvironmental pollution
Nisarga hospital Dhangadhi
Previous Post

नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन

Next Post

चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गराउने

Related articles

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा
News

डडेल्धुराको अजयमेरु सुदूरपश्चिमकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा

14 hours ago
785
पाल्पा जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल
News

पाल्पा जिल्ला अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र पौडेल

24 hours ago
815
जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न
News

जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने मोतिबिन्दुको निशुल्क शल्यक्रिया शिविर सम्पन्न

2 days ago
794
चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त
News

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा. स्वयंप्रकाश पण्डित नियुक्त

3 days ago
957
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु
News

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार शुरु

4 days ago
781
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking
News

पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

4 days ago
788
Next Post
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो पालिका बन्यो चाँगुनारायण

चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गराउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,110)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...