काठमाडौं, १० फागुन २०७७
ब्याबहारिक र बैज्ञानिक शिक्षण पद्दती अबलम्बन गर्दै आएको विन्डी हाउस स्कुल बालुवाटारले यसै साता सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन गरेको छ।
उक्त समुद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै संस्थाकी संस्थापक ललिता प्रसाईले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कान्ती बाल अस्पतालका पेडिएट्रिक डिपार्टमेन्ट हेड डा. अजित रायमाझी, काठमाडौं महानगरपालिका बडा नम्वर चारका बडा अध्यक्ष मोहन बिष्ट, अर्किड गार्डेन नेपालकी डाइरेक्टर सुनिता खड्का, नेपाली कांग्रेसका सभासद रमेश प्रसाद न्यौपाने, प्याब्सनकी भाइस प्रिन्सिपल दिपीका थापा, संस्थागत अभिभावक संघका अध्यक्ष सुभाष भण्डारी लगायतका उच्च ब्यक्तित्व हरूको उपस्थित रहेको थियो।
कार्यक्रममा शुभकामना, मन्तब्य र सुझावहरू ब्यक्त गर्नु भएको थियो।
“सेन्टर फर अटिजमले भोकेसनल ट्रेनिङ्ग सेन्टर निकट भविस्यमै शाखा विस्तार गरेर लक्षित बर्गमा पुर्याउने योजना बनाएको र यसमा आफुलाई सबै तह र तप्काबाट सहयोगको आशा लिएको छु संस्थापक ललिता प्रसाईले जानकारी गराउनु भयो।
विन्डी हाउस स्कुलकी प्रिन्सिपल तथा सेन्टरकी संरक्षक सृजना कोइरालाले भन्नुभयो, ” यो अत्यन्तै जिम्मेवार काम हो साथै अटिजम भएका बालबालिकाको अभिभावकहरूका लागि यो निकै खुशीको खबर पनि हो।