Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री पौडेलले भने

Nam Raj Bhatta by Nam Raj Bhatta
January 25, 2021
in News
Reading Time: 1 min read
A A
2
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
600
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ माघ २०७७

नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रिय भन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगले गरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यि बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताए ।
साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट जानकारी दिदै भने ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गर्दै नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको अवस्था बोध गराए । अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने धारणा राखे ।

निजी क्षेत्रको मनोवल उच्च बनाउन आवश्यक भएको पनि उनले स्पस्ट पारे । चेम्बर अध्यक्ष श्रेष्ठले आयात– निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिदै यसबाट राजश्वमा प्रतिकुल प्रभाव नपर्ने र राजश्वमा पनि थप योगदान हुने औंल्याए । ‘भंसारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भंसारलाई प्रबिधी तथा उच्च पूर्वाधारयुक्त बनाउनुपर्छ’ उनले चेम्बरको तर्फबाट धारणा राख्दै भने । सो अवसरमा अध्यक्ष श्रेष्ठले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाई कोभिड भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्ने पनि बताए ।

Covishield-vaccine
Covishield-vaccine

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले कोभिडको महामारीको बीचमा राजश्व असुलीमा उल्लेखनीय योगदान पुर्याएकोमा समग्र निजी क्षेत्रलाइ धन्यवाद व्यक्त गर्दै अहिले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक दिशा तर्फ उन्मुख रहेको जनाए । अर्थतन्त्रलाइ चलायमान बनाउन राज्य सदैव तत्पर रहेको पनि उनले स्पस्ट पारे । राज्यको वास्तबिक योगदानकर्ता निजी क्षेत्रनै रहेको र केही भन्सार वृद्धिलाइ नकारात्मक रुपमा नलिइ दिन अनुरोध गदै अर्थतन्त्रलाई चलायमान बनाउदै रोजगारी वृद्धि गर्न वढाइएको जानकारी दिए ।

सो अवसरमा भंसार बिभागका महानिर्देशक सुमन दाहालले चेम्वरबाट गरिएको सम्मान प्रति आभार व्यक्त गदै यसले अझै बढी जवाफदेहिता बढाएको बताए । भन्सार प्रशासनलाई चुस्त तथा जिम्मेवारीयुक्त बनाउन अपनाइएको कृयाकलाप बारे चर्चा गर्दै निजी क्षेत्रलाई बिश्वासमा लिएर सुधारका कार्यक्रमहरु अगाडी बढाउदै लिएर जाने पनि महानिर्देशक दाहालले बताए । सरकारी निकाय तथा सरकारी र निजी संस्था बिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने धारणा उनको थियो ।सो अवसरमा विभागका महानिर्देंशक सुमन दाहाललाइ भंसार प्रशासनलाइ पारदर्शी तथा जवाफदेही बनाइ सेवालाई प्रभावकारी बनाउन पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल र दिपक मल्होत्राको उपस्थिति रहेको थियो ।

Tags: #Health and population ministryBishnu paudelChemburCorona Virus #Covid19Covishield vaccine
SummarizeShare249ScanTweet146

Related articles

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी  विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

by Nam Raj Bhatta
July 21, 2026
0

शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य...

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.