आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री पौडेलले भने

Nam Raj Bhatta by Nam Raj Bhatta
January 25, 2021
in News
A A
2
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ माघ २०७७

नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रिय भन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगले गरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यि बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताए ।
साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट जानकारी दिदै भने ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको उल्लेख गर्दै नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाइ झनै कठिन रहेको अवस्था बोध गराए । अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने धारणा राखे ।

निजी क्षेत्रको मनोवल उच्च बनाउन आवश्यक भएको पनि उनले स्पस्ट पारे । चेम्बर अध्यक्ष श्रेष्ठले आयात– निर्यातको प्रभावकारिताको लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिदै यसबाट राजश्वमा प्रतिकुल प्रभाव नपर्ने र राजश्वमा पनि थप योगदान हुने औंल्याए । ‘भंसारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिबिधि पनि सहज हुने भएकोले भंसारलाई प्रबिधी तथा उच्च पूर्वाधारयुक्त बनाउनुपर्छ’ उनले चेम्बरको तर्फबाट धारणा राख्दै भने । सो अवसरमा अध्यक्ष श्रेष्ठले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीहरुलाई कोभिड भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्ने पनि बताए ।

Covishield-vaccine
Covishield-vaccine

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले कोभिडको महामारीको बीचमा राजश्व असुलीमा उल्लेखनीय योगदान पुर्याएकोमा समग्र निजी क्षेत्रलाइ धन्यवाद व्यक्त गर्दै अहिले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक दिशा तर्फ उन्मुख रहेको जनाए । अर्थतन्त्रलाइ चलायमान बनाउन राज्य सदैव तत्पर रहेको पनि उनले स्पस्ट पारे । राज्यको वास्तबिक योगदानकर्ता निजी क्षेत्रनै रहेको र केही भन्सार वृद्धिलाइ नकारात्मक रुपमा नलिइ दिन अनुरोध गदै अर्थतन्त्रलाई चलायमान बनाउदै रोजगारी वृद्धि गर्न वढाइएको जानकारी दिए ।

सो अवसरमा भंसार बिभागका महानिर्देशक सुमन दाहालले चेम्वरबाट गरिएको सम्मान प्रति आभार व्यक्त गदै यसले अझै बढी जवाफदेहिता बढाएको बताए । भन्सार प्रशासनलाई चुस्त तथा जिम्मेवारीयुक्त बनाउन अपनाइएको कृयाकलाप बारे चर्चा गर्दै निजी क्षेत्रलाई बिश्वासमा लिएर सुधारका कार्यक्रमहरु अगाडी बढाउदै लिएर जाने पनि महानिर्देशक दाहालले बताए । सरकारी निकाय तथा सरकारी र निजी संस्था बिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने धारणा उनको थियो ।सो अवसरमा विभागका महानिर्देंशक सुमन दाहाललाइ भंसार प्रशासनलाइ पारदर्शी तथा जवाफदेही बनाइ सेवालाई प्रभावकारी बनाउन पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल र दिपक मल्होत्राको उपस्थिति रहेको थियो ।

Tags: #Health and population ministryBishnu paudelChemburCorona Virus #Covid19Covishield vaccine
Nisarga hospital Dhangadhi
Previous Post

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

Next Post

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

8 hours ago
779
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

10 hours ago
801
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

24 hours ago
2k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

1 day ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

1 day ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
847
Next Post
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

Comments 2

  1. Pingback: धनुषामा पिडानको शाखा शुरु , अध्यक्षमा प्रमोद कुमार अग्रवाल • Health News Nepal
  2. Pingback: चिकित्सक संघको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...