काठमाडौं, २३ असार २०७९
नेपालमा पहिलो पटक काठमाडौं विश्व विद्यालय धुलिखेल अस्पतालको सहयोगमा बुढानीलकण्ठ नगरपालिकाले स्वस्थकर खाद्य पदार्थ खरिद तथा विक्रि वितरण नीति, २०७९ बनाउने अन्तिम तयारी भइरहेको छ। स्वस्थकर खाद्य पदार्थ खरिद तथा विक्रि वितरण नीति गरिएका विभिन्न गतिविधिहरु सर्वसाधारणका लागि लागु हुने भएको छ।
नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहालले उक्त कुरा बताउनुभएको हो।
धुलिखेल अस्पतालका नीति निर्माण संयोजक नविन अधिकार र नमुना श्रेष्ठको उपस्थितिमा जनस्वास्थ्य अधिकृत दहालले स्वस्थकर खाद्य खरिद तथा बितरण नीति,यसको उदेश्य र नीति निर्माणको प्रक्रिया बारे प्रकाश पार्नुभयो।
यो नीतिको आवश्यकता किन रहेको, यस नीतिमा उल्लेख गरिएका कुराहरु के के छन् , यस नीतिले समेट्ने क्षेत्र कुन कुन हुन्, यस नीतिको निमार्णको प्रक्रिया कसरी गरीयो र यस नीति कार्यन्वयनका फाइदा के के छन् जस्ता विषयमा दहालले बताउनुभयो।
अस्वास्थकर खाद्य पदार्थको उपभोगको कारणले गर्दा संसारभर हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने गरेको पाईन्छ । नेपालको तथ्यांक हेर्ने हो भने, कुलमृत्युदरको करीब ६६ % मृत्यु नसर्ने रोगहरु जस्तै मुटु तथा रक्तनलीका रोग, मधुमेह रोग, दम तथा श्वास प्रस्वास सम्वन्धि तथा अर्बुद रोग) को कारणले भएको पाईन्छ । वर्तमान परिस्थितिमा बढ्दो सहरीकरण र राज्यसंग अस्वस्थकर खाद्य पदार्थलाई नियन्त्रण गर्ने ठोस नीति नभएको कारणले गर्दा यस्ता अस्वास्थकर खाद्य पदार्थको पहूँच र उपभोगमा बृद्धि भैरहेको र फलस्वरुप नसर्ने रोगहरुको प्रकोप पनि दिनानुदिन बढदै गइरहेको दहालले बताउनुभयो।
खाद्य पदार्थ खरिद तथा विक्र वितरण नीतिले सार्वजनिक स्थलहरुमा खाद्य पदार्थको खरिद तथा विक्रि वितरणका लागि निश्चित मापदण्ड स्थापित गर्नले पनि उनले बताए।
यस नीति निमार्ण गर्ने क्रममा विश्व स्वस्थ संगठनको (WHO) स्वस्थ खानपानका ५ मुख्य सिद्धान्तहरुलाई आधार मानि नीतिमा समावेश गरिएको छ ।
- गुलियो चिजको सेवनलाई सिमित गर्ने
- नुनिलो चिजको सेवनलाई सिमित गर्ने
- स्वस्थकर चिल्लो पदार्थ (unsaturated fats) को उपभोग बृद्धि गराई
- अस्वस्थकार चिल्लो पदार्थ (saturated fats) कमि ल्याउने र
- ट्रान्स फ्याटको (trans fat) उपभोगलाई निरुत्साहिक गर्नु लगायत निः शुल्क, सुरक्षित पिउने पानीको उपलव्धता सुनिश्चि गर्ने डाइर फुस्ट, दाल, सम्पूर्ण अन्न, फलफुल र तरकारीको उपभोग बढाउने जस्ता सिद्धान्तहरुको आधारमा नीतिमा विभिन्न गतिविधि समावेस गरी यो नीति बनाइएको दहालले बताए।
यसको नीति निमार्णको प्रकृयामा पहिलो चरणमा नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा ९ सदस्य सहितको प्राबिधिक समितिको गठन गरी यस नीति निमार्ण गर्नु पूर्व नगरपालिकाका विभिन्न नीति संग सम्वन्धित सरोकारबालाहरु तथा जनप्रतिनिधिहरुको राय, सुझावको आधारमा नीति निमार्ण कार्य गर्न सूरु गरिएकको पनि दहालले बताए।
यो नीति बुढानीलकण्ठ नगरपालिका ७९ औ (मिति २०७८/१२/२५) कार्यपालिका बैठकबाट लागु गर्ने गरी पारित गरिएको थियो।
नीतिले समेटने क्षेत्रहरु नगरपालिका भित्र रहेका संस्थाहरु सामुदायिक तथा निजि विद्यालायहरु, अस्पतालहरु, स्याहार केन्द्रहरु, सरकारी कार्यालयहरु पर्ने पनि उनले बताए।
संयोजक नविन अधिकारले मुख्य लक्षित वर्गहरुमा विद्यार्थीहरु, विद्यालयका कर्मचारीहरु, सरकारी कार्यालयका कर्मचारीहरु, कैदीवन्दीहरु, स्याहार केन्दैमा रहेका वृद्धवृद्धाहरु, अस्पतालमा भर्ना भएका बिरामीहरु तथा तिनका कुरुवा र अस्पातलका कर्मचारीहरु पर्ने बताए।
यो नीतिको मुख्य उदेश्य सार्वजनिक संस्थाहरुमा गुणस्तरीय स्वास्थ्यकर खाद्य पदार्थहरुको उपलव्धता था उपभोग वृद्धि गर्नु साथै अस्वस्थकार खाद्य पदार्थहरुको उपलव्धता तथा उपयोगलाई निरुसाहित गर्ने हो। सार्वजनकि संस्थाहरुमा उपभोक्ता माझ जनचेतना मार्फत गुणस्तरीय स्वास्थकर खोकुराहरुको प्रवर्धन गर्ने अधिकारीले जानकारी दिनुभयो।