आज मिति : २०७९ माघ २३
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपालमा‌ पहिलो पटक बुढानिलकण्ठ नगरपालिकाले स्वस्थकर खाद्य पदार्थ खरिद तथा विक्रि वितरण नीति ल्याउदै

HNN Staff by HNN Staff
July 7, 2022
in News
A A
0
Budhanilkantha municipality office

Budhanilkantha Municipality office

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २३ असार २०७९

नेपालमा पहिलो पटक काठमाडौं विश्व विद्यालय धुलिखेल अस्पतालको सहयोगमा बुढानीलकण्ठ नगरपालिकाले स्वस्थकर खाद्य पदार्थ खरिद तथा विक्रि वितरण नीति, २०७९ बनाउने अन्तिम तयारी भइरहेको छ। स्वस्थकर खाद्य पदार्थ खरिद तथा विक्रि वितरण नीति गरिएका विभिन्न गतिविधिहरु सर्वसाधारणका लागि लागु हुने भएको छ।

नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहालले उक्त कुरा बताउनुभएको हो।

धुलिखेल अस्पतालका नीति निर्माण संयोजक नविन अधिकार र नमुना श्रेष्ठको उपस्थितिमा जनस्वास्थ्य अधिकृत दहालले स्वस्थकर खाद्य खरिद तथा बितरण नीति,यसको उदेश्य र नीति निर्माणको प्रक्रिया बारे प्रकाश पार्नुभयो।

यो नीतिको आवश्यकता किन रहेको, यस नीतिमा उल्लेख गरिएका कुराहरु के के छन् , यस नीतिले समेट्ने क्षेत्र कुन कुन हुन्, यस नीतिको निमार्णको प्रक्रिया कसरी गरीयो र यस नीति कार्यन्वयनका फाइदा के के छन् जस्ता विषयमा दहालले बताउनुभयो।

अस्वास्थकर खाद्य पदार्थको उपभोगको कारणले गर्दा संसारभर हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने गरेको पाईन्छ । नेपालको तथ्यांक हेर्ने हो भने, कुलमृत्युदरको करीब ६६ % मृत्यु नसर्ने रोगहरु जस्तै मुटु तथा रक्तनलीका रोग, मधुमेह रोग, दम तथा श्वास प्रस्वास सम्वन्धि तथा अर्बुद रोग) को कारणले भएको पाईन्छ । वर्तमान परिस्थितिमा बढ्दो सहरीकरण र राज्यसंग अस्वस्थकर खाद्य पदार्थलाई नियन्त्रण गर्ने ठोस नीति नभएको कारणले गर्दा यस्ता अस्वास्थकर खाद्य पदार्थको पहूँच र उपभोगमा बृद्धि भैरहेको र फलस्वरुप नसर्ने रोगहरुको प्रकोप पनि दिनानुदिन बढदै गइरहेको दहालले बताउनुभयो।

खाद्य पदार्थ खरिद तथा विक्र वितरण नीतिले सार्वजनिक स्थलहरुमा खाद्य पदार्थको खरिद तथा विक्रि वितरणका लागि निश्चित मापदण्ड स्थापित गर्नले पनि उनले बताए।‌

यस नीति निमार्ण गर्ने क्रममा विश्व स्वस्थ संगठनको (WHO) स्वस्थ खानपानका ५ मुख्य सिद्धान्तहरुलाई आधार मानि नीतिमा समावेश गरिएको छ ।

  • गुलियो चिजको सेवनलाई सिमित गर्ने
  • नुनिलो चिजको सेवनलाई सिमित गर्ने
  • स्वस्थकर चिल्लो पदार्थ (unsaturated fats) को उपभोग बृद्धि गराई
  • अस्वस्थकार चिल्लो पदार्थ (saturated fats) कमि ल्याउने र
  • ट्रान्स फ्याटको (trans fat) उपभोगलाई निरुत्साहिक गर्नु लगायत निः शुल्क, सुरक्षित पिउने पानीको उपलव्धता सुनिश्चि गर्ने डाइर फुस्ट, दाल, सम्पूर्ण अन्न, फलफुल र तरकारीको उपभोग बढाउने जस्ता सिद्धान्तहरुको आधारमा नीतिमा विभिन्न गतिविधि समावेस गरी यो नीति बनाइएको दहालले बताए।

यसको नीति निमार्णको प्रकृयामा‌ पहिलो चरणमा नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा ९ सदस्य सहितको प्राबिधिक समितिको गठन गरी यस नीति निमार्ण गर्नु पूर्व नगरपालिकाका विभिन्न नीति संग सम्वन्धित सरोकारबालाहरु तथा जनप्रतिनिधिहरुको राय, सुझावको आधारमा नीति निमार्ण कार्य गर्न सूरु गरिएकको पनि दहालले बताए।

यो नीति बुढानीलकण्ठ नगरपालिका ७९ औ (मिति २०७८/१२/२५) कार्यपालिका बैठकबाट लागु गर्ने गरी पारित गरिएको थियो।

नीतिले समेटने क्षेत्रहरु‌ नगरपालिका भित्र रहेका संस्थाहरु सामुदायिक तथा निजि विद्यालायहरु, अस्पतालहरु, स्याहार केन्द्रहरु, सरकारी कार्यालयहरु पर्ने पनि उनले बताए।‌

संयोजक नविन अधिकारले मुख्य लक्षित वर्गहरुमा विद्यार्थीहरु, विद्यालयका कर्मचारीहरु, सरकारी कार्यालयका कर्मचारीहरु, कैदीवन्दीहरु, स्याहार केन्दैमा रहेका वृद्धवृद्धाहरु, अस्पतालमा भर्ना भएका बिरामीहरु तथा तिनका कुरुवा र अस्पातलका कर्मचारीहरु पर्ने बताए।

यो नीतिको मुख्य उदेश्य सार्वजनिक संस्थाहरुमा गुणस्तरीय स्वास्थ्यकर खाद्य पदार्थहरुको उपलव्धता था उपभोग वृद्धि गर्नु साथै अस्वस्थकार खाद्य पदार्थहरुको उपलव्धता तथा उपयोगलाई निरुसाहित गर्ने हो।‌‌ सार्वजनकि संस्थाहरुमा उपभोक्ता माझ जनचेतना मार्फत गुणस्तरीय स्वास्थकर खोकुराहरुको प्रवर्धन गर्ने अधिकारीले जानकारी दिनुभयो।

5 core principles of healthy diets
5 core principles of healthy diets
Tags: Diet TipsMultisector NutritionWHOWholesom food
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. गौतम लायन्स क्लब अफ काठमाडौँ रेडियन्सको अध्यक्षमा चयन

Next Post

विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌

Related articles

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता
News

चिकित्सक संघको निर्वाचनमा बाँके र चितवनको मत गणना हुँदा लोकतान्त्रिक समूहको अग्रता

15 hours ago
471
विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान
News

विद्यालयमा बालक्लबको सक्रियता “सक्छौ सफा गरौँ, सक्दैन भन्ने फोहोर नगरौ” भन्ने अभियान

1 day ago
471
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी
News

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

2 days ago
471
चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #nmaelection2079
News

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

2 days ago
471
डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #chautarahospital
News

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

2 days ago
471
खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
News

खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

3 days ago
471
Next Post
विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌

विशिष्टीकृत अस्पतालहरुको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री केसीलाई‌

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
National Immunization FIPV Nepal
National immunization fipv nepal

सूचनाहरु

Achham Health Office Vaccination Notice
Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...