१४ बैशाख, २०७७
पर्सा बिरगंजमा ५० वर्षका २ पुरुषमा कोरोना पुष्टि भएको छ। उहाँको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर प्रसाद अधिकारीले जानकारी दिए।
थप २ जना संगै नेपालमा कोरोनाबाट सन्क्रमित हुनेको संख्या ५१ पुग्यो। ती दुई जनाकोअहिले निजको आइसोलेसनमा उपचार भइरहेको छ र अवस्था पनि समान्य रहेको डा.अधिकारीले बताएका छ्न। अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्किनेको संख्या १२ पुगेको छ।