Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

Nam Raj Bhatta by Nam Raj Bhatta
July 13, 2026
in News
Reading Time: 1 min read
A A
0
बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
595
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल भेटेरिनरी एशोसिएसन (NVA) ले २४ सै घण्टा हटलाइन तथा निःशुल्क टेलिपरामर्श सेवा पुनः सञ्चालन गरेको छ।

एशोसिएसनका अनुसार मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पोल्ट्री क्षेत्रमा प्रत्यक्ष असर पार्ने बर्ड फ्लु एक तीव्र संक्रामक तथा जुनोटिक (Zoonotic) भाइरसजन्य रोग भएकाले किसान, पोल्ट्री व्यवसायी, मासु तथा अण्डा उपभोक्ता र सर्वसाधारणलाई सही सूचना, वैज्ञानिक परामर्श तथा आपतकालीन प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले यो सेवा पुनः सञ्चालन गरिएको हो।

फोन नं. ११५९ मा निशुल्क सम्पर्क गरी सेवा लिन सकिने यस हटलाइनमा पोल्ट्री विज्ञान, पक्षी रोग, महामारी विज्ञान तथा पशु स्वास्थ्य क्षेत्रमा अनुभव प्राप्त विशेषज्ञ भेटेरिनरी चिकित्सकहरू स्वयंसेवी रूपमा आबद्ध रहेका छन्। एशोसिएसनले यसअघि सफलतापूर्वक सञ्चालन गरेको २४×७ टेलिपरामर्श सेवाको अनुभवका आधारमा हालको बर्ड फ्लु जोखिमका बेला सेवा पुनः सञ्चालन गरिएको जनाएको छ।

नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले बर्ड फ्लु नियन्त्रणमा किसान, व्यवसायी र उपभोक्ताले अफवाहमा विश्वास नगरी आधिकारिक सूचना तथा विशेषज्ञ परामर्श लिन आग्रह गर्नुभएको छ। उहाँले हटलाइन सेवाको अधिकतम उपयोग गर्न सबै सरोकारवालासँग अनुरोध गर्नुभयो।

त्यस्तै एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले बर्ड फ्लु सम्बन्धी परामर्शका साथै सबै प्रकारका पशुधनका लागि राष्ट्रिय स्तरको Emergency Veterinary Telemedicine Service विकास गर्ने लक्ष्यका साथ हटलाइन सेवा पुनः सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार यस सेवामार्फत बर्ड फ्लु सम्बन्धी आधिकारिक तथा वैज्ञानिक जानकारी, शंकास्पद लक्षण देखिएका कुखुरा तथा अन्य पक्षीबारे प्रारम्भिक प्राविधिक परामर्श, रोगको रिपोर्टिङ तथा सम्बन्धित सरकारी निकायसँग समन्वयका लागि मार्गदर्शन, मासु तथा अण्डाको सुरक्षित उपभोग सम्बन्धी सुझाव, One Health अवधारणाबारे जनचेतना तथा आकस्मिक पशु स्वास्थ्य समस्याका लागि प्रारम्भिक टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।

नेपाल भेटेरिनरी एशोसिएसनले बर्ड फ्लुबाट आफ्ना पन्छी, व्यवसाय तथा परिवारलाई सुरक्षित राख्न सबैमा सचेत रहन आग्रह गरेको छ। एशोसिएसनले फार्ममा जैविक सुरक्षा (Biosecurity) का उपायहरू कडाइका साथ अपनाउन, बिरामी वा मरेका पन्छीलाई खाली हातले नछुन, असामान्य लक्षण वा अचानक मृत्यु देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन तथा कुखुराको मासु र अण्डा सधैं राम्ररी पकाएर मात्र उपभोग गर्न अनुरोध गरेको छ।त्यसैगरी, रोगी वा शंकास्पद पक्षीको अनधिकृत ओसारपसार नगर्न, पशु सेवा विभागबाट जारी भएका निर्देशनहरूको पूर्ण पालना गर्न तथा कुनै शंका वा जानकारी आवश्यक परेमा NVA हटलाइन ११५९ मा सम्पर्क गर्न एशोसिएसनले सबैसँग आग्रह गरेको छ।

“पशु स्वास्थ्य र जैविक सुरक्षा नै मानव स्वास्थ्यको आधार हो,” भन्दै एशोसिएसनले बर्ड फ्लु नियन्त्रणमा सरकार, भेटेरिनरी प्राविधिक, किसान, पोल्ट्री व्यवसायी, सञ्चारमाध्यम तथा उपभोक्ताबीचको समन्वय र सचेतना अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएको छ।

Tags: #government of NepalBird fluDr. Kedar SubediNepal veterinary association
SummarizeShare238ScanTweet149

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.