राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजय कुमार मिश्र नियुक्त भएका छ्न।
छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त भएका छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका उपकुलपति बालेन्द्र शाहले आज छ वटा प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने निर्णय गरेका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा डा. विवेक आचार्य नियुक्त भएका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमानसिंह प्रधान उपकुलपति पदमा नियुक्त भएका छन् ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ उपकुलपति पदमा नियुक्त भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की उपकुलपति पदमा नियुक्त भएकी छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो उपकुलपति पदमा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग गर्दा सुरुमा ११३ जनाले आवेदन दिए पनि ८६ जनाको नाम सक्षिप्त सूचीमा प्रकाशित गरेको थियो ।
नव नियुक्त उपकुलपतिहरुले नियुक्ती पत्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बाट बुझिसकेका छ्न।






