• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव #Birdflu

भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ ।

N Bhatta by N Bhatta
January 31, 2021
in News
A A
0
Bird flu symptoms and precautions

Bird flu symptoms and precautions

Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, १८ माघ २०७७

काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको छ । विभागले १ हजार ८६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ । केही दिनअघि भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।

विगत एक महिनादेखि भारतका विभिन्न राज्यमा बर्डफ्लु रोग देखा परेसँगै नेपालमा पनि यो रोगको जोखिम बढेको भन्दै रोग भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै निकायलाई सतर्क अवस्थामा राखिएको छ ।

भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले अनुरोध गरेको छ ।

यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गर्दै सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन भनेको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागले भनेको  छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए ।

उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् ।

National Birds Disease Research Laboratory Nepal
National Birds Disease Research Laboratory Nepal

चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ । पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ । गत केही दिन अगाडि छिमेकी देश भारतमा बर्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ ।

 

[आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।]

Tags: #Dr.Niraj Bam#kathmanduBird fluCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

धादिङमा नागरीक आरोग्य सेवा केन्द्र उद्घाटन #SanitaryService

Next Post

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा‌ डा. रामकेबल साह नियुक्त #RamkewalSah

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

1 day ago
487
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

1 day ago
475
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

2 days ago
455
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound
News

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

3 days ago
602
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
News

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

3 days ago
484
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै
News

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

4 days ago
418
Next Post
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा‌ डा. रामकेबल साह नियुक्त #RamkewalSah

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा‌ डा. रामकेबल साह नियुक्त #RamkewalSah

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

मन्त्रालयले निजि ल्याबलाई अनुमति नदिँदा लुकिछिपी कोभिडको परिक्षण बढ्ने संभावना #Covid19

सरकारले रु १५ हजार लिएर पीसीआर परीक्षण गर्ने कुरा भ्रम मात्रै #Covid19

10 months ago
400
✍ Mahesh Pandey

नेपालको संबिधानमा स्वास्थ्य #ConstitutionDay

5 months ago
401
सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

काठमाडौं उपत्यकामा थप ४१५ जना सहित देशभर ९२७ जनामा कोरोनाको पुष्टि #Covid19

6 months ago
400

Don't Miss

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
476
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
466
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
888
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (924)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In