आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

वीर अस्पताल १३४ औं वर्षमा प्रवेश, एक वर्षमा २५ काम सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
July 30, 2023
in News
A A
0
वीर अस्पताल १३४ औं वर्षमा प्रवेश, एक वर्षमा २५ काम सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १४ साउन २०८०

वीर अस्पतालले शुक्रबार १३४ औँ बार्षिकोत्सव मनाएको छ । राणा प्रधानमन्त्री वीर शम्शेरले विसं १९४६ सालमा स्थापना गरेको यो अस्पताल आधुनिक चिकित्सा तर्फ देशको सबैभन्दा जेठो हो ।

१५ शैय्या रहेको यस अस्पतालले यतिवेला ९६० शैय्याबाट आफ्नो सेवा प्रदान गरेको छ । उपचार सेवा मात्रै होईन, यसबीचमा दक्ष जनशक्ति उत्पादन गर्ने देशकै उत्कृष्ठ एकेडेमी, स्वास्थ्यका महत्वपूर्ण अनुसन्धान गर्ने रिसर्च सेन्टरको रुपमा पनि आफूलाई स्थापित गरेको छ ।Bir hospital a

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा. भुपेन्द्रकुमार बस्नेत वीरमा सन् १९३३ बाट नै मेडिकल शिक्षा सुरु भएको बताउँछन् । ‘त्यसबेला सिभिल मेडिकल स्कुलको रुपमा सेवा सुरु गरि ड्रेसर कम्पाउन्डर, नर्सिङ शिक्षाको सुरुवात गरिएको थियो भने सन् १९८७ मा बेलायतको एफआरसीएस, एमआरसीपी एमआरसीओजीको दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता पाएको थियो । यस्तै सन् १९९४ मा पीजीएमईसीसी मार्फत एमडीएमएसको तालीम सुरु भएको थियो । विसं २०६३ देखि त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भई शिक्षण अस्पतालको रुपमा वीरले काम गरिरहेको छ,’ शैक्षिक ईतिहास खोतल्दै उपकुलपति प्राडा बस्नेतले भने ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पताल यतिवेला आम सर्वसाधारण गरीब बर्ग देखि देशका अति विशिष्ठ तथा अति विशिष्ठ व्यक्तिको उपचार गर्ने थलोको रुपमा परिचित भएको बताए । उनी भन्छन्, ‘हामी आकारमा बदलिएका छौँ । प्रविधिबाट सुसज्जित हुँदैछौँ । जनशक्ति थपिदै छौँ । सेवाको दायारा फराकिलो पादैृछौँ । केही समय यता वीरका गतिविधिहरुलाई विश्लेषण गर्दा थाहा हुन्छ, ऐतिहासिक वीर अस्पताल अब सेवामा पनि उत्कृष्ठता प्रदान गर्दै अघि बढी रहेको छ ।’

उनका अनुसार पछिल्लो एक वर्षमा ५ लाख ६६ हजार बढीले ओपिडी सेवा लिएका छन, १८ हजार ५२७ जना भर्ना भएर उपचार गराएका छन् । मेजर सर्जरी ८हजार ३५६ वटा भएका छन् ।

निर्देशक डा. पौडेलले ओपिडीमा अघिल्लो वर्षको तुलनामा झण्डै दुई लाख बढी व्यक्तिले सेवा लिएको बताए । उनले यो सेवाका लागि अस्पतालमा विशेषज्ञ डाक्टर नर्स, प्यारामेडिक्स सहित कुल १ हजार ८४६ जना कार्यरत रहेको बताए । सो अवसरमा उनले अस्पतालको १० बुँदे कार्ययोजना र केही समस्याहरुका बारेमा पनि अवगत गराएका थिए ।

यस वर्ष गरिएका महत्वपूर्ण कार्यहरु :

१ प्रयोगशाला सेवा विस्तारः इमर्जेन्सी ल्यावमा एलआइस लागू, जाइका भवन अगाडि रगत संकलन केन्द्रलाई विस्तार गरिएको।

२. इ.एन.टी. ओ.पी.डी.मा एलर्जी टेष्ट सुरुवात गरिएको।

३ नगद काउन्टर हरेक तलामा थप गरिएका कारण भिडभाड कम भएको।

४ विहान ७ बजेदेखि टिकट काउन्टर सञ्चालन गरिएको।

५ अस्पतालका सेवाहरुलाई प्रभावकारी र गुणस्तरीय बनाउन विहान ८ बजेदेखि नै आवश्यक सेवाहरु सुचारु गरिएको।

६ क्याथ ल्याब सेवा पुन: सुरु र एनजिओप्लास्ट, पारासिटामोल, पेरिकार्डियोसेन्टेसिस, टेम्पोररी पेसमेकर राख्ने कार्य नियमित भइरहेको।

७ यस अस्पतालमा रहेका साधारण बेडहरुलाई निःशुल्क बेडमा परिवर्तन गरिएको।

८ पुरानो पेइङ्ग मेडिकल वार्ड रहेको स्थानमा दाँत भर्ने र कृतिम दाँतहरु राख्ने सेवालाई थप विस्तार गरिएको।

९ इमर्जेन्सीमा ट्रायज प्रणाली लागू गरिएको।

१० नयाँ सर्जिकल भवनको भुइँतला र सोही भवनको शल्यक्रिया कक्ष अगाडि फार्मेसी सेवालाई थप विस्तार गरी सेवा दिइँदै आएको।

११ नयाँ सर्जिकल भवनमा १८ वटा शल्यक्रिया कक्षबाट सेवा विस्तार गरिएको।

१२ अस्पतालमा भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्दा सफ्टवेयर मार्फत गर्ने गरिएको।

१३ ओ.पी.डी. भवनमा रहेका शौचालयहरुलाई मर्मत संभार गरि स्तरोन्नती गरिएको।

१४. सेवाग्राहीहरुको जानकारीको लागि कुन सेवा कहाँ छ भनेर प्रत्येक तलामा सेवासम्वन्धी सूचना लेखिएको।

१५ अस्पताल परिसरमा बगैंचा निर्माण तथा बस्नको लागि बेन्च राखिएको।

१६ अस्पतालमा रहेका पुराना औषधि पसलहरुलाई हटाई उक्त स्थानमा पर्खाल लगाउने र सरसफाई गर्ने काम भएको।

१७ अन्कोलोजी विभागमा इएमआर प्रणाली लागू गरिएको।

१८. वैदेशिक रोजगार वोर्डको समन्वयमा वैदेशिक रोजगारमा जानेलाई टेलिमेडिसिन सेवा सञ्चालन गरिएको।

१९. सामाजिक सेवा अन्तर्गत सेवा प्रदान गर्नका लागि केन्द्रीय कारागार ( नख्खु र डिल्लीबजार) कर्णाली प्रदेशसँग जन आन्दोलन घाइतेको उपचारको लागि सेवा सम्झौता गरिएको।

२०. प्रदेश स्वास्थ्य तालिम केन्द्रसँग समन्वय गरी लुम्बिनी, बागमती, गण्डकी, सदुर पश्चिमका स्वास्थ्यकर्मीलाई ३ महिनाको डायलासिस र आई.सि.यु. सेवाको तालिम प्रदान गरि सेवा विस्तारमा वीर अस्पतालले भूमिका खेलेको।

२१. सर्जिकल भवनमा सिटी स्क्यान सेवा सुरु गरिएको।

२२ चेष्ट युनिट अन्तर्गत स्लिप ल्याव सेवा सुरु गरिएको।

२३ अस्पतालको प्राङ्गणमा ब्लड बैंक मार्फत हरेक आइतवार ब्लड डोनेशन गर्ने कार्य सुरु गरिएको।

२४. अस्पतालका सरसफाईकर्मीलाई सफाई तथा केमिकल प्रयोग सम्वन्धमा तालिम संचालन गरिएको।
२५. न्यूरोसर्जरी विभाग अन्तर्गत ब्रेन ट्रमा सेन्टर सुरु गरिएको।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

आईफोन किन्न दम्पतीले बेचे आफ्नै आठ महिने बच्चा #Children

Next Post

पशु सेवाका सम्पुर्ण निकायले आकस्मिक सेवा बन्द प्रति भेटेरिनरी एसोसिएसनको ध्यानकर्षण

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 hour ago
807
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

6 hours ago
781
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

16 hours ago
792
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

4 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

5 days ago
864
Next Post
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

पशु सेवाका सम्पुर्ण निकायले आकस्मिक सेवा बन्द प्रति भेटेरिनरी एसोसिएसनको ध्यानकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...