10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वीर अस्पताल १३४ औं वर्षमा प्रवेश, एक वर्षमा २५ काम सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
July 30, 2023
in News
Reading Time: 1 min read
A A
0
वीर अस्पताल १३४ औं वर्षमा प्रवेश, एक वर्षमा २५ काम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ साउन २०८०

वीर अस्पतालले शुक्रबार १३४ औँ बार्षिकोत्सव मनाएको छ । राणा प्रधानमन्त्री वीर शम्शेरले विसं १९४६ सालमा स्थापना गरेको यो अस्पताल आधुनिक चिकित्सा तर्फ देशको सबैभन्दा जेठो हो ।

१५ शैय्या रहेको यस अस्पतालले यतिवेला ९६० शैय्याबाट आफ्नो सेवा प्रदान गरेको छ । उपचार सेवा मात्रै होईन, यसबीचमा दक्ष जनशक्ति उत्पादन गर्ने देशकै उत्कृष्ठ एकेडेमी, स्वास्थ्यका महत्वपूर्ण अनुसन्धान गर्ने रिसर्च सेन्टरको रुपमा पनि आफूलाई स्थापित गरेको छ ।Bir hospital a

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा. भुपेन्द्रकुमार बस्नेत वीरमा सन् १९३३ बाट नै मेडिकल शिक्षा सुरु भएको बताउँछन् । ‘त्यसबेला सिभिल मेडिकल स्कुलको रुपमा सेवा सुरु गरि ड्रेसर कम्पाउन्डर, नर्सिङ शिक्षाको सुरुवात गरिएको थियो भने सन् १९८७ मा बेलायतको एफआरसीएस, एमआरसीपी एमआरसीओजीको दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता पाएको थियो । यस्तै सन् १९९४ मा पीजीएमईसीसी मार्फत एमडीएमएसको तालीम सुरु भएको थियो । विसं २०६३ देखि त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भई शिक्षण अस्पतालको रुपमा वीरले काम गरिरहेको छ,’ शैक्षिक ईतिहास खोतल्दै उपकुलपति प्राडा बस्नेतले भने ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पताल यतिवेला आम सर्वसाधारण गरीब बर्ग देखि देशका अति विशिष्ठ तथा अति विशिष्ठ व्यक्तिको उपचार गर्ने थलोको रुपमा परिचित भएको बताए । उनी भन्छन्, ‘हामी आकारमा बदलिएका छौँ । प्रविधिबाट सुसज्जित हुँदैछौँ । जनशक्ति थपिदै छौँ । सेवाको दायारा फराकिलो पादैृछौँ । केही समय यता वीरका गतिविधिहरुलाई विश्लेषण गर्दा थाहा हुन्छ, ऐतिहासिक वीर अस्पताल अब सेवामा पनि उत्कृष्ठता प्रदान गर्दै अघि बढी रहेको छ ।’

उनका अनुसार पछिल्लो एक वर्षमा ५ लाख ६६ हजार बढीले ओपिडी सेवा लिएका छन, १८ हजार ५२७ जना भर्ना भएर उपचार गराएका छन् । मेजर सर्जरी ८हजार ३५६ वटा भएका छन् ।

निर्देशक डा. पौडेलले ओपिडीमा अघिल्लो वर्षको तुलनामा झण्डै दुई लाख बढी व्यक्तिले सेवा लिएको बताए । उनले यो सेवाका लागि अस्पतालमा विशेषज्ञ डाक्टर नर्स, प्यारामेडिक्स सहित कुल १ हजार ८४६ जना कार्यरत रहेको बताए । सो अवसरमा उनले अस्पतालको १० बुँदे कार्ययोजना र केही समस्याहरुका बारेमा पनि अवगत गराएका थिए ।

यस वर्ष गरिएका महत्वपूर्ण कार्यहरु :

१ प्रयोगशाला सेवा विस्तारः इमर्जेन्सी ल्यावमा एलआइस लागू, जाइका भवन अगाडि रगत संकलन केन्द्रलाई विस्तार गरिएको।

२. इ.एन.टी. ओ.पी.डी.मा एलर्जी टेष्ट सुरुवात गरिएको।

३ नगद काउन्टर हरेक तलामा थप गरिएका कारण भिडभाड कम भएको।

४ विहान ७ बजेदेखि टिकट काउन्टर सञ्चालन गरिएको।

५ अस्पतालका सेवाहरुलाई प्रभावकारी र गुणस्तरीय बनाउन विहान ८ बजेदेखि नै आवश्यक सेवाहरु सुचारु गरिएको।

६ क्याथ ल्याब सेवा पुन: सुरु र एनजिओप्लास्ट, पारासिटामोल, पेरिकार्डियोसेन्टेसिस, टेम्पोररी पेसमेकर राख्ने कार्य नियमित भइरहेको।

७ यस अस्पतालमा रहेका साधारण बेडहरुलाई निःशुल्क बेडमा परिवर्तन गरिएको।

८ पुरानो पेइङ्ग मेडिकल वार्ड रहेको स्थानमा दाँत भर्ने र कृतिम दाँतहरु राख्ने सेवालाई थप विस्तार गरिएको।

९ इमर्जेन्सीमा ट्रायज प्रणाली लागू गरिएको।

१० नयाँ सर्जिकल भवनको भुइँतला र सोही भवनको शल्यक्रिया कक्ष अगाडि फार्मेसी सेवालाई थप विस्तार गरी सेवा दिइँदै आएको।

११ नयाँ सर्जिकल भवनमा १८ वटा शल्यक्रिया कक्षबाट सेवा विस्तार गरिएको।

१२ अस्पतालमा भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गर्दा सफ्टवेयर मार्फत गर्ने गरिएको।

१३ ओ.पी.डी. भवनमा रहेका शौचालयहरुलाई मर्मत संभार गरि स्तरोन्नती गरिएको।

१४. सेवाग्राहीहरुको जानकारीको लागि कुन सेवा कहाँ छ भनेर प्रत्येक तलामा सेवासम्वन्धी सूचना लेखिएको।

१५ अस्पताल परिसरमा बगैंचा निर्माण तथा बस्नको लागि बेन्च राखिएको।

१६ अस्पतालमा रहेका पुराना औषधि पसलहरुलाई हटाई उक्त स्थानमा पर्खाल लगाउने र सरसफाई गर्ने काम भएको।

१७ अन्कोलोजी विभागमा इएमआर प्रणाली लागू गरिएको।

१८. वैदेशिक रोजगार वोर्डको समन्वयमा वैदेशिक रोजगारमा जानेलाई टेलिमेडिसिन सेवा सञ्चालन गरिएको।

१९. सामाजिक सेवा अन्तर्गत सेवा प्रदान गर्नका लागि केन्द्रीय कारागार ( नख्खु र डिल्लीबजार) कर्णाली प्रदेशसँग जन आन्दोलन घाइतेको उपचारको लागि सेवा सम्झौता गरिएको।

२०. प्रदेश स्वास्थ्य तालिम केन्द्रसँग समन्वय गरी लुम्बिनी, बागमती, गण्डकी, सदुर पश्चिमका स्वास्थ्यकर्मीलाई ३ महिनाको डायलासिस र आई.सि.यु. सेवाको तालिम प्रदान गरि सेवा विस्तारमा वीर अस्पतालले भूमिका खेलेको।

२१. सर्जिकल भवनमा सिटी स्क्यान सेवा सुरु गरिएको।

२२ चेष्ट युनिट अन्तर्गत स्लिप ल्याव सेवा सुरु गरिएको।

२३ अस्पतालको प्राङ्गणमा ब्लड बैंक मार्फत हरेक आइतवार ब्लड डोनेशन गर्ने कार्य सुरु गरिएको।

२४. अस्पतालका सरसफाईकर्मीलाई सफाई तथा केमिकल प्रयोग सम्वन्धमा तालिम संचालन गरिएको।
२५. न्यूरोसर्जरी विभाग अन्तर्गत ब्रेन ट्रमा सेन्टर सुरु गरिएको।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19
SummarizeShare235ScanTweet146

Related articles

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Nam Raj Bhatta
February 24, 2026
0

कैलाली, १२ फागुन २०८२ नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.