काठमाडौं, २४ भाद्र २०८२
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा गम्भीर घाइतेका लागि नौ वटा आईसीयू बेड तयारी अवस्थामा राखिएको छ ।
न्याम्सका उपकुलपति प्राडा. भुपेन्द्रकुमार बस्नेतले उपचारमा कुनै पनि अभाव नहोस भन्नका लागि आईसीयू बेड तथा वार्डहरु तयारी अवस्थामा राखिएको बताउनु भयो।
डा. बस्नेतका अनुसार अहिले ९ बेड आईसीयू तयारी अवस्थामा छ । ट्रमामा केही घाइतेहरुलाई यता वीरको सर्जिकल भवनमा सिफ्ट गर्ने गरी हिजो देखि नै एउटा वार्ड खाली अवस्थामा राखिएको छ । आवश्यक परेमा थप वेडहरुको पनि व्यवस्थापन गरिनेछ।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले जेनजी आन्दोलनमा घाइते भएकाको लागि उपचारमा कुनै कमी हुन नदिने बताउनु भयो।