काठमाडौं, २६ माघ २०८१
वीर अस्पतालको शल्यक्रिया सेवामा खटिनुभएका कार्यरत चिकित्सकमाथि हातपात भएको छ ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको जानकारी दिनुभयो ।
निर्देशक डा. पौडेका अनुसार शल्यक्रिया सेवामा खटिनुभएका डा. शरद पोख्रेल र सानुमाया मगर लगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।
डा. पौडेलका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।