काठमाडौं, १५ माघ २०८०
वीर अस्पतालको सहायक निर्देशकमा डा. समाज गौतम र डा. विकास केसी नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सहकुलपति मोहनबहादुर बस्नेतले शुक्रबार डा. गौतम र डा. केसी लाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्।
अर्थोपेडिक सर्जन डा. गौतम र डा. केसी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।