Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
SAVED POSTS
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma
सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७७ भाद्र २१, आईतवार १८:४१
in News
1
608
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं ,२१ भाद्र २०७७

सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बसेको बैठकले वीरमा कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने र त्यहाँको सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसंगै वीरमा कोभिड – १९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा संचालन हुने निर्णय भएको बताए । उनले त्यहाँबाट हुँदै आएको सेवा संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट हुने निर्णय भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उपकुलपति प्राडा डीएन साह, वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी सहितको टोलीसंग बुधबार छलफल गरेका थिए । सोही अनुसार आइसीएसले आज निर्णय गरेको हो ।

वीर अस्पतालका निर्देशक डा सेन्चुरीले काठमाडौँ उपत्यकामा कोभिड-१९को संक्रमण बढी रहेको र अहिले पनि वीरमा कोभिडको विरामीको उपचार भइरहेको सन्दर्भमा अव थप बेड छुट्याएर उपचार गर्ने निर्णय भएको बताए ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले वीरबाट हुने सेवा ट्रमा सेन्टरबाट उपलव्ध गराउनका लागि आवश्यक तयारी भइरहेको बताए । उनले चौथो तलामा ट्रमाका सर्जिकल बिरामी, पाँचौँमा मेडिकल, छैटौँमा सर्जिकल र प्लास्टिक सर्जरीका बिरामी राख्ने तयारी भएको बताए ।

‘ट्रमामा हामीले स्पेश मात्रै लिने हौँ । यहीकै जनशक्ति गएर सेवा गर्ने भन्ने व्यवस्था मिलाउँदै छौँ,’ डा सेन्चुरीले भने ।
अहिले अस्पतालमा आएका बिरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

Tags: #Health and population ministryBir HospitalCorona Virus #Covid19
SummarizeShare257ScanTweet146
Nam Raj Bhatta

Nam Raj Bhatta

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०७७ भाद्र २१, आईतवार १८:४१
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०७७ भाद्र २१, आईतवार १८:४१
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०७७ भाद्र २१, आईतवार १८:४१
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०७७ भाद्र २१, आईतवार १८:४१
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Next Post
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

Comments 1

  1. Pingback: वीर अस्पतालको सर्जिकल भवनलाई कोभिड अस्पताल बनाइने • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.