काठमाडौं, ७ असोज २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा ‘प्रमुख जनस्वास्थ्य प्रशासक’ डा. भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै सापकोटालाई उक्त जिम्मेवारी दिएका हन्। डा. सापकोटाले महाशाखा प्रमुखको जिम्मेवारी पाएसँगै उक्त महाशाखा प्रमुख रहेका डा. चुमनलाल दासलाई नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
डा. सापकोटा ११औं तहमा बढुवा भएदेखि मन्त्रालयमा नै कार्यरत थिए। तर उनलाई कुनै पनि महाशाखाको प्रमुखको जिम्मेवारी भने दिइएको थिएन। नयाँ जिम्मेवारी पाएका डा. सापकोटाको महाशाखा प्रमुखका रुपमा यो नै पहिलो जिम्मेवारी हो।
डा. सापकोटालाई मन्त्रालयमा कार्य सम्पादन गर्न सक्ने र नतिजा निकाल्न सक्ने कर्मचारीका रुपमा चिनिन्छन्। उनले केही समयअघि मात्र जर्मनीबाट इन्टरनेसनल हेल्थ विषयमा पिएचडी गरेका हुन्।