बाँके , १ जेठ २०७८
बाँँकेको नेपालगंज स्थित भेरी अस्पतालमा यतिबेला कोरोना संक्रमितले भरिभराउ संगै भरोसाको बिन्दु पनि बनेको छ।अस्पतालका सबै बेड भरिएपछि बाहिर चौरमा टेन्ट टाँगेर उपचार दिन शुरु गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले संक्रमित राख्ने कहीँपनि स्थान नभएपछि अहिले तत्काल उपचार चाहिने संक्रमितका लागि बाहिरै टेन्ट बनाएर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको बताए । कोरोना संक्रमित तीब्र रुपमा बढेपछि अस्पतालमा बेड मात्रै हैन् स्थानको पनि अभाव भइरहेको छ ।
डा. थापाका अनुसार आइसियुको त कुरै छोडौं आकस्मिक कक्षमा राखिएका १६ वटा बेड समेत भरिएपछि आकस्मिक उपचारका लागि भन्दै टेन्ट टाँगिएको हो । भित्र बेड खाली नहुँदा सम्म अक्सिजन दिएर बिरामीलाई टेन्टमै होल्ड गर्ने र बेड खाली भएपछि भित्र लाने गरेका छौँ। हामीले संक्रमितको जीवनरक्षाका लागि यो प्रयास गरेका हौं । संक्रमितलाई बेड छै्न भनेर कहाँ पठाउने , कहीं खाली नै छैन् , त्यसैले हामीले उनीहरुलाई यताउता भौतारिने समयमा व्यवस्था गर्न सक्छौं की भनेर यसरी सेवा दिन शुरु गरेको हो।
शुक्रबार साँझसम्म भेरी अस्पतालमा २४२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १६० जना मध्यम अवस्थामा र ८२ जना गम्भीर अवस्थाका बिरामीहरु आइसीयूमा र एचडियुमा उपचाररत छन्।
Comments 7