चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई प्रमुख सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो।
नियुक्ति पछि डा. बगालेले आफुले प्रमुख मेसुको पत्र पाइसकेको जानकारी दिनुभयो । डा. बगाले यसअघि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव हुनुहुन्थ्यो ।
हाल भरतपुर अस्पतालको निमित्त मेसुमा दशौ पदका अर्थोपेडिक सर्जन डा. कृष्णप्रसाद पौडेल हुनुहुन्थ्यो ।
भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेडेन्ट एघारौँ तहको पद हो ।







