चितवन, ०४ माघ २०८२
भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्।
आज मन्त्री स्तरीय निर्णयबाट डा. पौडेल समितिको अध्यक्षमा नियुक्त भएका हुन्। डा. पौडेल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन।
यसअघि अस्पतालको विकास समितिको अध्यक्षमा राजु पौडेल थिए। पौडेलको कार्यकाल पुस ७ गते सकिएको थियो।













