चितवन, २१ मंसिर २०८२
चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले औपचारिक रुपमा ट्रमा सेन्टरको उद्घाटन गरेको हो।
अस्पतालले अहिले १५ शैया सञ्चालनमा आएको सेन्टरलाई ५० शय्यासम्म पुर्याउने लक्ष्य राखेको छ। उक्त सेन्टर ११ करोडको बजेटमा सञ्चालनमा आएको हो।
स्वास्थ्यमन्त्री डा. शर्माले अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधि सूचना केन्द्रको पनि उद्घाटन गरेकी छिन्। विशेष बिरामीहरुको आवश्यकता अनुसार औषधिको उपलब्धता र पहुँच सुनिश्चत गरी उपचारका नतिजामा सुधार आउने अस्पतालले जनाएको छ।











