Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा

HNN Staff by HNN Staff
March 21, 2020
in News
Reading Time: 1 min read
A A
0
Self Quarantine Self Isolation

Self Quarantine Self Isolation

586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन : चैत्र ७

भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०/१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट (एचडीयु)को निर्माण कार्य भइरहेको छ । वाग्मती प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले बिरामी र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरी अस्पताल शुभारम्भ भएको घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री दुलालले भन्नुभयो, “कोरोना भाइरससँग लड्न सक्षम छौँ भन्ने सन्देश भरतपुरले दिएको छ ।” अहिलेको विसंम परिस्थितिमा आम नेपाली एकजुट भएर चुनौतीलाई परास्त गर्नुपर्ने उहाँको भनाइ थियो । प्रदेशमा एक हजार श्ययाको आइसोलेसन र ३०० श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जानकारी उहाँले दिनुभयो । मन्त्री दुलालले वाग्मती प्रदेशको हेटौँडामा मात्रै ५०० श्ययाको क्यारेन्टाइन (निगरानी कक्ष) तयार गर्ने काम भइरहेको बताउनुभयो । सरकारले रोग भित्रिन नदिनका लागि काम गरिरहेको भन्दै उहाँले विमानस्थलदेखि सबै नाकामा जाँचलाई कडाइ गरेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरले जनताको वास्तविक अभिभावकत्व ग्रहण गर्दै छोटो समयमा यो काम सम्पन्न गर्न सकेको बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको परामर्शमा काम भइरहेको भन्दै उहाँले सरोकारवालाको सहयोग र निरन्तर खटाइका कारण अस्पताल निर्माण गर्न सफलता मिलेको बताउनुभयो । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुरक्षित औजार उपकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डराएका होइनौँ, डराउँदैनौँ पनि, नडराउँदा पनि भोलि केही भए राज्यले हेर्छ भन्ने प्रत्याभूति दिलाउनुपर्छ ।”

भरतपुर महानगरका स्वास्थ्य विज्ञ डा .भोजराज अधिकारीले बिरामी सोझै यस अस्पतालमा नआएर पाँच चरण पूरा गरेपछि मात्रै उपचारमा जाने बताउनुभयो । पहिलो चरणमा घरबाटै चिकित्सकसँग टेलिफोनमा परामर्श गर्न अनुरोध गर्दै उहाँले घरबाट सम्भव नभएमा दोस्रो चरणमा स्थानीयस्तरका स्वास्थ्य केन्द्रमा फिवर क्लिनिकमा परीक्षण गर्न आग्रह गर्नुभयो ।

परमर्शअनुसार आउनुपर्ने बिरामीलाई कोरोना अस्पतालका मूलद्वारमा नै परीक्षण गरी थप परीक्षण गर्नुपर्ने नदेखिएमा घर पठाइनेछ । परीक्षण गर्नुपर्नेलाई अस्पतालको बहिरङ्ग सेवामा पठाइनेछ । त्यहाँ परीक्षणपछि आवश्यक परे मात्रै भर्ना प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । जिल्लाका १० विशेष चिकित्सकको मोबाइल नं सार्वजनिक गरिएको भन्दै उहाँले ती नम्बरमा सम्पर्क गर्न सबैमा आग्रह गर्नुभयो । सकेसम्म सामान्य अवस्थामा अस्पताल नआउन उहाँले सुझाव दिनुभयो । अस्पताल सञ्चालन गर्नका लागि भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले आवश्यक श्यया एवं उपकरण उपलब्ध गराएका छन् । निजी अस्पताल समन्वय समितिले प्रयोगशाला र रेडियोलोजी विभागको संयोजन गरिरहेको छ भने उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनले थप आवश्यक सामग्री सहयोग गरिरहेका छन् । नपुग सामग्री भरतपुर महानगरपालिकाले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याइएको हो ।

Tags: Corona Virus #Covid19
SummarizeShare235ScanTweet146

Related articles

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.