आज मिति : २०८२ जेष्ठ २५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर चादनी टर्मिनल केयर युनिटको उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
October 7, 2024
in News
A A
0
भक्तपुर क्यान्सर अस्पतालमा डाक्टर चादनी टर्मिनल केयर युनिटको उद्घाटन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, २१ असोज २०८१

भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुरका सांसद प्रेम सुवालले डाक्टर चादनी टर्मिनल केयर युनिटको उद्घाटन गर्नु भएको छ।

सोमबार सुवालले युनिटको उद्घाटन गर्दै क्यान्सर रोगको उपचारमा बिरामीऊ परिवारको निकै धेरै अनावश्यक खर्च भइरहेको तर्फ ध्यानाकर्षण गराउनु भयो।

सुवालका अनुसार क्यान्सर रोगको निशुल्क उपचारको व्यवस्था गर्नुपर्छ। भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगको उपचारमा प्रशसनीय सेवा प्रदान गरिरहेको र अस्पताललाई थप सहयोग गर्न उनले सरकारलाई अपिल गर्नुभयो।

उक्त उद्घाटन समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भक्तपुर क्यान्सर अस्पतालको बिस्तारित सेवा कोशी र नारायणी अस्पतालमा पनि शुरु भएको बताउदै प्यालिएटिभ सेवाको पनि बिस्तार गरिने बताउनुभयो ।

डा. बिकास आनन्दका अनुसार यस्तो खालको बिशेष सेवामा परिवारका सदस्य लाई नै केयर गर्न सिकाइ बिरामी लाई सकेसम्म घरमा नै हेरचाह गर्न प्रेरित गरिन्छ। धेरै गाह्रो भएको अवस्थामा भने अस्पातल मा प्यालिएटिब वार्डमा भर्ना गरिन्छ र बिरामी को जीवनको अन्तिम दिनहरुलाई सुखद बनाउन बिशेष तालिम प्राप्त स्वास्थ्यकर्मी र परिवारको सहायताले बिरामी लाई आनन्द पूर्वक अन्तिम सास सम्म हेरचाह गरिन्छ।

यस्ता बिरामीलाई हप्ताको एक पटक घरमै गएर समेत भक्तपुर क्यान्सर अस्पातलले निशुल्क सेवा प्रदान गर्दै आइरहेको डा. आनन्दले बताए। Pallitive care day

उद्घाटनको सोही अवसरमा अस्पतालले प्यालिएटेभ केयर सम्बन्धि सचेतना र्याली कार्यक्रम गर्नु भएको छ। सो र्याली भक्तपुर दरवार स्क्वायर परिक्रमा गरेर पुन अस्पतालको प्राङ्गणमा पुगेर समापन भएको थियो।

उक्त र्यालीमा अस्पतालका कर्माचारी, समाजसेवी र नेपाल प्रहरी गरि करिब २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो।World hospice

* के हो प्यालिएटिभ भनेको?

दीर्घकालिन जीवन सिमित अथवा कुनै पनि प्राणघातक रोग लागेका विरामी (बृद्द, बयस्क वा बालबच्चा ) र उहाँहरुको परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने हेरचाहलाई प्रशामक (प्यालिएटिभ) हेरचाह भनेर भनिन्छ। यसले शारीरिक मनोसामाजिक आर्थिक र आध्याधिक पिडा अन्य समस्याहरूको चाँडो पहिचान गरी र उपचार मार्फत रोग बाट उत्पन्न पिडालाई सहजीकरण गर्न मदत गर्छ।

* यो हेरचाह कस्ता बिरामीहरुलाई दिन मिल्छ?

दीर्घकालिन, जीवन सीमित अथवा कुनै पनि प्राणघातक रोग जस्तै क्यान्सर, दम, कलेजो, मुटु, मस्तिष्क तथा मृगौलाका जटिल समस्या, पक्षधात अल्जाइमर लागेको विरामीहरु जसमा निम्न लक्षणहरु देखिएका हुन्छन्-

सास फेर्न गार्हो हुनु, बान्ता आउला जस्तो हुनु, बान्ता आउनु, दिसापिसाब राम्ररी नहुनु, होस मा नरहनु, संक्रमण भइरहनु, खाटे घाउ हुनु, पाइपहरु लगाएको हुनु, निन्द्रा नलाग्नु
छटपटी हुनु चिडचिडापन हुनु, चिन्ता हुनु।

यस उपचारमा डाक्टर, नर्स, फिजियोथेरापिस्ट, परिवार हेरचाहकर्ता, प्यारामेडिक्स, स्वयंसेवकहरू फार्मासिस्ट र औपचारिक हेरचाहकर्ताहरु हुन्छन् ।

प्यालिएटिभमा ध्यान दिन पर्ने कुराहरु:- 

प्रशामक (प्यातिएटिभ) हेरचाह भनेको आफ्नो जीवनको अन्त्यमा रहेका मानिसहरूका लागि मात्र हैन।
मोर्फिन नामक दुखाई कम गर्न दिएको औषधीले बिरामीलाई औषधीको लत लाग्दैन।

विकिरण र केमोथेरापी लिइरहेका बिरामीहरुलाई पनि पो हेरचाह दिन मिल्छ। यो हेरचाह क्यान्सर लागेका बिरामीहरुको लागी मात्र नभई दीर्घकालीन, जीवन सीमित अथवा कुनै पनि प्राणघातक रोग लागेको बिरामीहरुको लागि पनि हो । यो हेरचाह वृद्ध, बष्या, वयस्क सबैलाई दिन मिल्छ।

यो हेरचाह अरु उपधारहरू सँग मिलेर दिन मिल्छ र पो हेरचाहले अरु आवश्यक उपचारहरू रोक्न प्रोत्साहित गर्दैन। रोग लागेको थाहा भएको पहिलो दिन देखी नै र कुनै पनि रोगको कुनै पनि चरणमा भएका बिरामीहरुलाई यो हेरचाह दिन मिल्छ।

Tags: Bhaktapur Cancer HospitalDr.Ujjwal ChaliseWorld hospice Pallitive Care Day
Nisarga hospital Dhangadhi
Previous Post

चितवन मेडिकल कलेजमा महिलाहरुको निशुल्क क्यान्सर परीक्षण शुरु

Next Post

दशैँको बिदामा परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले सेवा दिने

Related articles

बाह्रबिसेमा भएको निशुल्क स्वास्थ्य शिविरबाट एक हजार महिला लाभान्वित
News

बाह्रबिसेमा भएको निशुल्क स्वास्थ्य शिविरबाट एक हजार महिला लाभान्वित

20 minutes ago
776
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग अस्पतालमा ओठ तथा तालु सम्बन्धी निःशुल्क उपचार
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग अस्पतालमा ओठ तथा तालु सम्बन्धी निःशुल्क उपचार

19 hours ago
781
Monsoon and lightning safety advisory illustration
English

🌧️ Monsoon and Lightning Safety Advisory: Be Prepared, Stay Safe

2 days ago
780
नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित
News

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

2 days ago
815
हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

4 days ago
785
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

4 days ago
818
Next Post
प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

दशैँको बिदामा परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले सेवा दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,059)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...